कोप-३१ को तयारीबारे रास्वपा सभापति रवि लामिछानेलाई जानकारी
Read the full story at Thaha Khabar

काठमाडौँ : संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप(३१) मा नेपालको प्रतिनिधित्व गर्दै जाने मन्त्रीसहितको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेट गरी सम्मेलनको तयारी र नेपालको प्राथमिकताबारे जानकारी गराएको छ। परराष्ट्रमन्त्री शिशिर खनाल, कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसहित प्रतिनिधिसभा सदस्य तथा जलवायु विज्ञसहितको टोलीले आज सभापति लामिछानेलाई भेटेर यही नोभेम्बर ९ देखि २० सम्म टर्कीको आन्ताल्यामा आयोजना हुने सम्मेलनका लागि सरकारले गरेका तयारीबारे जानकारी गराउनुका साथै छलफल गरेको हो।
सो अवसरमा सभापति लामिछानेले कोप(३१ सम्मेलनमा सशक्त उपस्थितिका साथ सबैले आफ्नो भूमिका निर्वाह गर्न र नेपालले भोग्नुपरेका जलवायु परिवर्तनका असर बारे अन्तरराष्ट्रिय समुदायलाई जानकारी गराउन आग्रह गरे। भेटका क्रममा मन्त्री चौधरीले सम्मेलनमा नेपालको सहभागिता, राष्ट्रिय तयारी, प्रतिनिधिमण्डलको संरचना तथा जलवायु कूटनीतिमा नेपालले अघि बढाउने प्रमुख एजेन्डाबारे जानकारी गराएका उनको सचिवालयले जनाएको छ।
छलफलमा कोप-३१ मा नेपालको राष्ट्रिय प्राथमिकता, हिमाली क्षेत्रका जलवायुजन्य जोखिम, जलवायु न्याय, जलवायु वित्त तथा अनुकूलनका विषयमा नेपालको धारणा र सम्मेलनबाट हासिल गर्न खोजिएका उपलब्धिबारे जानकारी गराइएको थियो।
More politics
- पार्टीले आईजीपी फेर, सीडीओ फेर भनेर बिल्कुलै भन्दैन: रवि लामिछानेNepal Khabar
- काठमाडौंका बलर हाबी हुँदा सस्तैमा समेटियो विराटनगरNepal Khabar
- मिडियालाई अझै नियन्त्रण गर्ने उद्देश्यले प्रेस काउन्सिल अध्यादेश ल्याइयो: महासंघNepal Khabar
- विराटनगरमाथि काठमाडौँको सानदार जितNepal Khabar
- मिस्रीले भेटे रविNepal Khabar
- हसिनाले फेरि भनिन् : मृत्युदण्ड भए पनि डिसेम्बरमा स्वदेश फर्कन्छुNepal Khabar