ढकमक्क धनकुटा : तिहारमा फूल बेच्न किसानलाई भ्याइ नभ्याइ (तस्बिरहरू)
Read the full story at Onlinekhabar (Nepali)

धनकुटाको फूल स्थानीय बजारदेखि धरान, विराटनगर, बुटबलदेखि काठमाडौंसम्म पुग्छ । जिल्लाभित्र र बाहिरबाट आएको मागअनुसार फूल पुर्याउन किसानलाई धौधौ भइरहेको छ । २० कात्तिक, धनकुटा । धनकुटाका खेतबारीमा यतिबेला सयपत्री फूल ढकमक्क फुलेका छन् । पहेँलपुर र सुन्तला रङका फूलले गाउँका पाखा र बारीको सौन्दर्य मात्र बढाएका छैनन्, किसानको आम्दानीको आशा पनि बढाएका छन् ।
तिहार नजिकिएसँगै किसान फूल टिप्ने, माला बनाउने र बजारसम्म पुर्याउने चटारोमा छन् । तिहार फूल, माला, दियो र देउसी–भैलोको चाड हो । घरका झ्यालढोका सजाउनदेखि भाइटीकामा दाजुभाइको गलामा लगाइदिने मालासम्म फूलकै महत्व हुन्छ । यही मागलाई अवसरमा बदल्दै धनकुटाका किसान व्यावसायिक फूल खेती गर्दै आएका छन् । छथर जोरपाटी गाउँपालिका–६ मजुवाका किसान खगेन्द्र पौडेल यतिबेला खेतबारीमा व्यस्त छन् ।
उनले सञ्चादन गर्दै आएको श्री पौडेल कृषि फर्मले १० रोपनी जमिनमा तीन महिनाअघि लगाएको सयपत्री फूल अहिले बिक्रीका तयार भएको छ । फूल टिप्ने र ग्राहकको मागअनुसार बजार पठाउने कामले यतिबेला उनलाई भ्याइनभ्याइ छ । स्थानीय बजारदेखि धनकुटा, धरान, विराटनगर, बुटबलदेखि काठमाडौंसम्म उनले फूल पठाइरहेका छन् । जिल्लाभित्र र बाहिरबाट आएको मागअनुसार फूल पुर्याउनसमेत धौधौ भइरहेको छ । यस वर्ष करिब १० टन फूल उत्पादन गर्ने पौडेलेको लक्ष्य छ ।
More society
- केन्द्रीय प्रहरी प्रवक्ता काफ्लेले गरे मातहत प्रहरी कार्यालयका सूचना अधिकारीहरूसँग छलफलNepal Khabar
- कानुन मन्त्रालय पठाइँदै शिक्षा नियमावली संशोधन प्रस्तावNepal Khabar
- Bus carrying kids to school crashes in France, leaving 2 dead and 16 injuredThe Hindu
- रहस्यले भरिएको एक उत्कृष्ट इरानी फिल्म, हेर्नुस् युट्युबमाSetopati
- 5,295 special children screened across Keralam under Anbu projectThe Hindu
- तिहारको झिलिमिलीले उज्यालिएको काठमाडौं (फोटोफिचर)DC Nepal