रहस्यले भरिएको एक उत्कृष्ट इरानी फिल्म, हेर्नुस् युट्युबमा
Read the full story at Setopati

सामान्य लाग्ने घटनाभित्र लुकेका जटिल सम्बन्धलाई उनले पर्दामा यसरी प्रस्तुत गर्छन् कि, दर्शकले पात्रलाई मात्र होइन, आफ्नै सोच र धारणालाई समेत प्रश्न गर्न थाल्छन्। फिल्मको कथा इरानको नयाँ वर्ष नौरोज सुरू हुनुअघिको अन्तिम बुधबारको परिवेशमा अघि बढ्छ। इरानी परम्परा अनुसार यस दिन मानिसहरू आगो बाल्छन्, आतसबाजी गर्छन् र उत्सव मनाउँछन्। फिल्मकी मुख्य पात्र रूहीको बिहे हुन केही दिन मात्र बाँकी छ। बिहेको तयारी र नयाँ जीवनको कल्पनामा रहेकी उनी एक दिन घर सफा गर्ने कामका लागि तेहरानको एउटा सम्पन्न परिवारमा पुग्छिन्।
त्यहाँ मोज्देह र उनका श्रीमान मोर्तेजा बस्छन्। उनीहरूको सम्बन्ध राम्रो छैन। मोज्देहलाई श्रीमानले आफूलाई धोका दिइरहेको शंका छ। मोज्देहले आफ्नो शंका सत्य हो कि होइन भन्ने पत्ता लगाउन रूहीको सहयोग लिन खोज्छिन्। उनलाई श्रीमान् र छिमेकी महिलामाथि निगरानी राख्न लगाइन्छ।
तर रूहीका लागि यो काम सजिलो हुँदैन। एकातिर उनी आफ्नो बिहे र नयाँ जीवनको तयारीमा छिन् भने अर्कोतिर आफू काम गर्न पुगेको घरको पारिवारिक समस्यामा अनायासै जोडिएकी छन्। दिन बित्दै जाँदा उनले त्यस परिवारका सदस्यहरूको व्यवहार, उनीहरूबीचको सम्बन्ध र छिमेकी महिलाबारे अनेक कुरा थाहा पाउँछिन्। कसले सत्य बोलिरहेको छ, कसले कुरा लुकाइरहेको छ र कसको आशंका सही छ भन्ने प्रश्नले उनलाई अलमलमा पार्छ।
More society
- पोखरा विमानस्थलको भुक्तानी र चिनियाँ ऋणको विवरण झिकाउन विशेष अदालतको आदेशNepal Khabar
- कानुन मन्त्रालय पठाइँदै शिक्षा नियमावली संशोधन प्रस्तावNepal Khabar
- Nellore girl supported by Lokesh returns to school, aims to become doctorThe Hindu
- APSCHE moots major overhaul of PG education in 28 State universitiesThe Hindu
- MoU signed to equip students with skillsThe Hindu
- तिहार बिदामा आयल निगमको डिपो खुला रहनेThaha Khabar