स्थानीय तहलाई ‘सरकार’ भन्न किन हिचकिचाहट ?
Read the full story at Onlinekhabar (Nepali)

राष्ट्रिय सभा सदस्य सुरेशकुमार आलेमगरको नेतृत्वमा गठित उपसमितिले अध्ययन प्रतिवेदन तयार पारेर मूल समितिसमक्ष बुझाइसकेको छ । उक्त प्रतिवेदनमा स्थानीय तहलाई स्थानीय सरकार भन्न किन हिचकिचाइन्छ भनेर स्थानीय सरकारका प्रतिनिधिहरूले गुनासो गरेको उल्लेख छ । २२ कात्तिक, काठमाडौं । संविधानतः तीन तहको सरकार छ ।
संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार । तर स्थानीय सरकारलाई स्थानीय तह पनि भन्ने गरिन्छ । स्थानीय तह भन्दा सरकारको मान्यता वा हैसियत नदिएको वा स्थानीय सरकारको रुपमा स्वीकार नगरेको जस्तो अनुभूत हुने गरेको स्थानीय सरकारका प्रतिनिधिहरूले बताएका हुन् । यस्तो गुनासो स्थानीय सरकारका प्रतिनिधिहरूले राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले गठन गरेको ‘विधायिकी अन्तरसम्बन्ध अध्ययन उपसमिति’का सदस्यहरूसँग गरेका हुन् ।
राष्ट्रिय सभा सदस्य सुरेशकुमार आलेमगरको नेतृत्वमा गठित उपसमितिले अध्ययन प्रतिवेदन तयार पारेर मूल समितिसमक्ष बुझाइसकेको छ । उक्त प्रतिवेदनमा स्थानीय तहलाई स्थानीय सरकार भन्न किन हिचकिचाइन्छ भनेर स्थानीय सरकारका प्रतिनिधिहरूले गुनासो गरेको उल्लेख छ । प्रतिवेदनको निष्कर्ष र सिफारिस खण्डमा भनिएको छ, ‘संघीय सरकारले अधिकार प्रत्यायोजन नगरेको स्थानीय तहको बुझाइ रहेको, स्थानीय तहलाई स्थानीय सरकार भन्न हिच्किचाइएको प्रति स्थानीय सरकारको गुनासो रहेको अवस्था छ ।
More politics
- २१औँ शताब्दीका संकटको समाधान समाजवादले मात्रै दिनसक्छ: प्रदीप ज्ञवालीNepal Khabar
- कालीमाटीमा च्याउको मूल्य किलोमै १०५ रुपैयाँ बढ्यो, अरु तरकारीको कति?Nepal Khabar
- लक्ष्मीपूजामा विद्युतको माग १७ सय मेगावाट पुग्ने प्रक्षेपणNepal Khabar
- लक्ष्मीपूजाको दिन आज बढ्यो कि घट्यो सुनचाँदीको भाउ?Nepal Khabar
- ओली–प्रचण्डबिच कुरा भएजस्तो लाग्दैन, मधेसमा फेरि कांग्रेसकै नेतृत्वमा सरकार रहन सक्छ : जवाहर कुशवाहाNepal Khabar
- ‘हजुरबाले भनेथे’ को घोषणा, मुख्य भूमिकामा नीर शाहNepal Khabar