न्यायाधीशको संसदीय सुनुवाइमा देखिएको अदालतको ‘अनुहार’
Read the full story at Onlinekhabar (Nepali)

अदालतभित्र बिचौलियाको चलखेल हुन्छ, न्यायाधीश र बिचौलियाबीच साँठगाँठ हुन्छ, राजनीतिक प्रभावमा नियुक्ति हुन्छ र पैसाले न्याय किनबेच हुन्छ भन्नेसम्मका आरोप सार्वजनिक बहसमा सीमित रहेनन् । यस्ता टिप्पणीको लेखाजोखा संसदीय सुनुवाइका क्रममा गरिए । २१ कात्तिक, काठमाडौं । ‘न्याय मरेको अनुभूति नेपाली जनताले गरिराखेका छन् ।
यो ओभर पोलिटिसाइजेसन र पोलिटिकल इन्टरफेरेन्सलाई रोक्न तपाईंले कति योगदान गर्न सक्नुहुन्छ ? र, कसरी गर्न सक्नुहुन्छ ?’ संसदीय सुनुवाइका क्रममा सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश गोकर्ण डाँगीले सामना गरेको प्रश्न हो यो । कांग्रेसका सांसद् अर्जुननरसिंह केसीले न्यायपालिकामाथिको राजनीतिक हस्तक्षेप, मुद्दाको चाप र न्याय सम्पादनमा देखिएका संरचनागत समस्याहरू समेत प्रश्नमा औंल्याएका थिए । जवाफमा डाँगी नरम सुनिए ।
न्यायपालिकाप्रति जनताको विश्वास कमजोर भएको र न्याय मरेको अनुभूति आफूहरूलाई पनि हुने गरेको स्वीकार गरे । ‘न्याय मरेको अनुभूति वास्तवमा हो, कता–कता हामीलाई पनि लाग्छ’, उनले भने, ‘जनताले साँच्चै न्याय पाए कि पाएनन्, न्याय ढिला भयो कि भएन ? सेवा गर्नेले साँच्चै सेवा गरिरहेको छ कि छैन भन्ने कुरामा हामी सचेत हुन जरुरी छ । ,’ यो त एउटा उदाहरण मात्रै हो ।
More politics
- अस्ट्रेलियाका प्रधानमन्त्रीले ढाकाटोपी लगाएर सम्बोधन गरे ‘नेपाल फेस्टिभल’Nepal Khabar
- न्यायाधीश भएपछि राजनीतिको चप्पल अदालतबाहिरै खोलेको छु: जनक पाण्डेNepal Khabar
- लुम्बिनीविरुद्ध काठमाडौंले पहिले ब्याटिङ गर्नेNepal Khabar
- बालेन सरकारको काम गराइ हिन्दी जासुसी फिल्म जस्तो: प्रचण्डNepal Khabar
- सर्वोच्चमा प्रस्तावित चारै न्यायाधीशको नाम संसदीय समितिबाट अनुमोदनNepal Khabar
- अब इतिहासको कुरा मात्र गरेर हुँदैन: प्रकाशमान सिंहNepal Khabar