बालेन सरकारको काम गराइ हिन्दी जासुसी फिल्म जस्तो: प्रचण्ड
Read the full story at Nepal Khabar

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारको काम गराइलाई हिन्दी जासुसी फिल्म जस्तो विचित्रको भएको टिप्पणी गरेका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले आफूलाई अपदस्थ गर्दा अहिलेको अवस्था आएको जिकिर गरेका छन्। आफूले सुशासनको अभियान चलाउँदा अपदस्थ गरिएको आरोप लगाए। 'जसले गणतन्त्र, संघीयता, समावेशिता ल्याएको हो, त्यसलाई काम गर्ने वातावरण बनाएको भए त अहिलेसम्म योभन्दा धेरै गर्न सकिन्थ्यो। दिइएको छैन,' प्रचण्डले थपे, 'तपाईंहरू राम्रोसँग हेर्नुहोला, भ्रष्टाचारका विरुद्ध, सुशासनका पक्षमा अभियान चलाउँदा अपदस्थ गरियो।
' त्यसपछि आएको सरकारले काम गर्न नसकेको उनको जिकिर थियो। आफूले भन्दाभन्दै पनि सरकारले गति लिन नसक्दा अहिलेको अवस्था आएको उनको भनाइ छ। 'हामीलाई अपदस्थ गरिएपछि देश दुर्घटनामा जान्छ। यो संविधानको मर्म विपरीत पनि छ, लोकतन्त्रको मर्म विपरीत पनि छ। अब जाने भयो दुर्घटनामा भनेर खबरदारी गर्दागर्दै गयो।
गर्दागर्दै गईपो हाल्यो,' प्रचण्डले भने, 'अब अहिले त अनौठो खालको सरकार हामीले भोगेका छौँ। ' राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको काम गराईलाई उनले हिन्दी जासुसी फिल्मसँग तुलना गरे। बालेन सरकारले हुँदै नभएका कामलाई देखाएको उनले बताए।
More politics
- RSP chief questions government conduct as tensions mountKathmandu Post
- UN expert urges Nepal to revive stalled transitional justice processKathmandu Post
- Dr KC ends hunger strike after government agrees to probe Geta MBBS approvalKathmandu Post
- Pokhara Avengers’ losing streak continues in NPLKathmandu Post
- The David Miller show at TU GroundKathmandu Post
- Falling temperatures and polluted air drive up respiratory illnesses in ValleyKathmandu Post