बच्चालाई अलराउन्डर बनाउने प्रयास गर्दा उनीहरूको बाल्यकाल खोसिरहेका त छैनौं ?
Read the full story at Onlinekhabar (Nepali)

आफ्ना बालबालिका हरेक कुरामा अब्बल बनुन्न भन्ने चाहना हरेक अभिभावकको हुन्छ । स्कुलको पढाइ, खेलकुद, चित्रकला, संगीत वा अन्य गतिविधि सबैमा बच्चाले उत्कृष्ट प्रदर्शन गरोस् भन्ने चाहना अभिभावकको हुन्छ । यही सोचाइले गर्दा बच्चालाई अतिरिक्त कक्षा तथा तालिममा सहभागी गराउने, बढी दबाब दिने पनि गरिएको हुन सक्छ ।
आजका बालबालिका बिहानको पहिलो किरणदेखि राति सुत्ने बेलासम्म निश्चित व्यस्त दिनचर्यामा बाँधिएका छन् । आजका ८–१० वर्षका बालबालिकाको दिनचर्या कुनै ठूलो बहुराष्ट्रिय कम्पनीका सीईओ को कार्यतालिकाजस्तै देखिन थालेको छ । हरेक सेकेन्डको हिसाब, हरेक घण्टाको नयाँ लक्ष्य र दिमागमा एउटै ध्याउन्न– ‘सबैभन्दा अगाडि पुग्नुपर्छ !’ विद्यालय, त्यसपछि ट्युसन र फेरि विभिन्न अतिरिक्त कक्षाहरूले उनीहरूलाई दिनभर यति व्यस्त बनाउँछन् कि आफूले यति धेरै तनाव किन झेल्नुपरेको हो भन्नेसमेत उनीहरूले बुझ्न सक्दैनन्।
अभिभावकको उद्देश्य स्पष्ट हुन्छ– उनीहरू आफ्ना सन्तानलाई भविष्यका हरेक प्रतिस्पर्धामा सबैभन्दा अगाडि देख्न चाहन्छन् । यो दौडमा अभिभावकले बच्चा कुनै मेसिन होइनन् भन्ने कुरा बिर्सएका हुन्छन् । बच्चाहरू त काँचो माटोजस्तै हुन्, जसलाई माया, समय र शान्त वातावरणको आवश्यकता हुन्छ ।
More politics
- भीमफेदी दुर्घटनाका पीडित परिवारलाई ‘यथाशीघ्र’ क्षतिपूर्ति दिन सरकारले अगाडि बढायो प्रक्रियाNepal Khabar
- राहुल गान्धीको आरोप : प्रधानमन्त्री मोदीले मेरो फोन ट्याप गर्छन्Nepal Khabar
- सुदूरपश्चिमविरुद्ध जितका लागि काठमाडौंले पायो १२६ रनको लक्ष्यNepal Khabar
- काठमाडौंविरुद्ध ऐरीको अर्धशतकNepal Khabar
- एनभिडियाको सीईओबाट हटाइएका हुआङको तेस्रो ‘अफेयर’ खुलासाNepal Khabar
- भीमफेदी दुर्घटनाका पीडितसँग सहमति, शव लैजाने तयारीNepal Khabar