Skip to main content
अर्थतन्त्रRatopati

कालीमाटीमा बढ्यो छठ लक्षित व्यापार, तस्बिरमा हेर्नुहोस्

Read the full story at Ratopati

कालीमाटीमा बढ्यो छठ लक्षित व्यापार, तस्बिरमा हेर्नुहोस्

काठमाडौँ । दसैँ र तिहार सकिएसँगै तराई–मधेससहित काठमाडौं उपत्यकामा पनि छठ पर्वको रौनक सुरु भएको छ । छठ पर्व नजिकिएसँगै काठमाडौंको कालीमाटीस्थित फलफूल तथा तरकारी बजार परिसरमा छठ लक्षित व्यापार बढेको छ ।

छठ पर्वका लागि आवश्यक सामग्री खरिद गर्न बिहानैदेखि बजारमा सर्वसाधारणको चहलपहल देखिएको छ । विशेषगरी छठ पूजामा प्रयोग हुने फलफूल, पूजा सामग्री तथा बाँसबाट बनेका सामग्री किन्ने ग्राहकको भीड लागेको छ । छठ पर्वमा मुख्य रूपमा ठेकुवा, भुसुवा (कसार), नरिवल, केरा, स्याउ, सुन्तला, उखु, सखरखण्ड, मुला, अदुवा, बेसार, कागती, अम्बा, भोगटे तथा पानीसहितको नरिवल चढाउने परम्परा छ ।

त्यस्तै, पूजाका लागि बाँसको सुप (सुपली), नाङ्लो, डालो, टोकरी, माटोको हात्ती, दियो, अगरबत्ती, धूप, पञ्चमेवा तथा अन्य पूजासामग्रीको पनि किनमेल हुने गरेको छ । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर मनाइने छठ पर्वमा व्रतालुहरूले नदी, पोखरी तथा जलाशयमा पुगेर विधिपूर्वक पूजा गर्ने गर्छन् । विशेषगरी तराई–मधेसमा धुमधामका साथ मनाइने छठ पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा पनि व्यापक रूपमा मनाउन थालिएको छ ।