साविक विजेता लुम्बिनी प्लेअफमा, कर्णालीलाई कठिन
Read the full story at Nepal Khabar

बिहीबार भएका दुई खेलबाट एनपीएलको प्लेअफ पुग्ने लुम्बिनी पहिलो टोली बन्यो। त्यस्तै, प्लेअफ दौडबाट बाहिरिने पोखरा एभेन्जर्स पहिलो टोली बन्यो। चार खेलमा जित, एक खेलमा हार र एक खेलमा अंक बाँडेको लुम्बिनी नौ अंकसहित तालिकाको शीर्षस्थानमा उक्लिएको छ। लुम्बिनी काठमाडौसँग मात्र पराजित भएको छ भने चितवन राइनोजसँगको खेल वर्षाले प्रभावित हुँदा अंक बाँडेको थियो। लिग चरणको अन्तिम खेलमा लुम्बिनीले शनिबार विराटनगर किंग्ससँग प्रतिस्पर्धा गर्नेछ।
लुम्बिनी विराटनगरसँगको खेलमा जित निकाल्दै तालिकाको शीर्ष दुईमा रहेर सिधै पहिलो क्वालिफायर खेल्न योजनामा हुनेछ। लुम्बिनीसँगको हारले कर्णालीको प्लेअफ यात्रा कठिन बनेको छ। सुरुवाती दुई खेलमा जित निकालेको कर्णालीले पछिल्लो चार खेलमा लगातार हार बेहोरेको छ। लिग चरणको तेस्रो खेलमा काठमाडौ गोर्खाजसँग चार विकेटले पराजित भएपछि कर्णाली खेलमा फर्कन सकेको छैन। दुई खेलमा जित र चार खेलमा हार भोगेको कर्णाली चार अंकसहित तालिकाको सातौँ स्थानमा छ।
कर्णालीले लिग चरणको अन्तिम दिनको पहिलो खेलमा चितवन राइनोजसँग खेल्नेछ। कर्णालीले अब चितवनविरुद्ध जित निकालेर मात्र पुग्नेछैन। प्लेअफ यात्रा तय गर्न अन्य खेलको नतिजा समेत आफु अनुकुल आउनुपर्नेछ। बिहीबार कर्णालीले दिएको १०६ रनको झिनो लक्ष्य लुम्बनीले १६.४ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो।
More business
- व्यवसायी ढकाल र यूएईका वैदेशिक व्यापारमन्त्रीबीच भेटवार्ता, नेपालमा लगानी विस्तार गर्न आग्रहNepal Khabar
- कर्णालीको कप्तान परिवर्तन, लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दैNepal Khabar
- कर्णालीले लुम्बिनीलाई दियो १०६ रनको लक्ष्यNepal Khabar
- 'Not a single caravan has reached north': Mexican President Sheinbaum pushes back on Trump's tariff threatTimes of India
- Texas businessman loses home ownership battle despite presenting evidence of a $287K bank transferTimes of India
- Senator Tom Cotton urges Trump admin to ban Chinese chipmaker CXMT from US market over security concernsTimes of India