काठमाडौंको कमलपोखरी र गुहेश्वरी क्षेत्रमा छठको लागि बनाइँदैछ घाट, सजावटको काम तीव्र (तस्विरहरु)
Read the full story at Bizmandu

काठमाडौं । आजदेखि छठ पर्व सुरु भएको छ। कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन छठ पर्व मनाउने गरिन्छ। पछिल्लो समय यो अवधिमा पनि सरकारले सार्वजनिक बिदा दिनुपर्ने माग उठ्ने गरेको छ। हाल छठमा एक दिनमात्र बिदा दिइन्छ।
मिथिला क्षेत्रसँगै काठमाडौंमा पनि अहिले छठघाट निर्माण भइरहेको छ। गुहेश्वरी र कमलपोखरीमा घाट निर्माणसँगै सजावटको काम भइरहेको हो। यससँगै बालाजुको बाइसधारा, भक्तपुरको कमलविनायकमा रहेको पोखरी, बागमती किनार लगायतका क्षेत्रमा पनि छठ मनाउन तयारी गरिँदैछ। बाँसका भाटा र झिक्रा प्रयोग गरी घाट बनाइँदैछ। पर्व मनाउने स्थानहरुमा रङरोगन गरेर सजाउने काम पनि भइरहेको छ।
त्यस्तै, ती क्षेत्रमा झिलिमिली बत्ती जडान गरिँदैछ। छठको पहिलो दिन ‘नहाय–खाय’ विधिबाट सुरु हुन्छ। दोस्रो दिन ‘खरना’ गरिन्छ। तेस्रो दिन व्रतालुले अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्छन् भने चौथो दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि पर्व सम्पन्न हुन्छ। The post काठमाडौंको कमलपोखरी र गुहेश्वरी क्षेत्रमा छठको लागि बनाइँदैछ घाट, सजावटको काम तीव्र (तस्विरहरु) appeared first on BIZMANDU .
More business
- साविक विजेता लुम्बिनी प्लेअफमा, कर्णालीलाई कठिनNepal Khabar
- कर्णालीले लुम्बिनीलाई दियो १०६ रनको लक्ष्यNepal Khabar
- राशिफल २७ कात्तिक : कर्कटको प्रेममा मधुरता छाउने, वृश्चिकको रोकिएका काम सुचारु हुने, तपाईँको दिन कस्तो?Nepal Khabar
- नेपाल एसबिआई बैंकले घोषणा गऱ्यो लाभांश, बोनस र नगद कति?Setopati
- युएईका लगानीकर्तालाई नेपालमा लगानी गर्न ढकालको आग्रहNagarik News
- नेपाल एसबिआई बैंकले सेयरधनीलाई ८.२५ प्रतिशत लाभांश दिने, बोनस सेयर कति?Bizmandu