Skip to main content
अर्थतन्त्रBizmandu

पोखरा एभेन्जर्सलाई सिजनको पहिलो जित निकाल्न १ सय ५२ रनको लक्ष्य

Read the full story at Bizmandu

काठमाडौं। चितवन राइनोजले पोखरा एभेन्जर्ससामू १५२ रनको लक्ष्य प्रस्तुत गरेको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा टस हारेर ब्याटिङमा उत्रिएको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५१ रन बनाएको हो। चितवनको ब्याटिङ। चितवनका लागि सिकन्दर रजाले सर्वाधिक ३७ रन बनाउँदा रवि बोपाराले ३५ रन बनाए।

पहिलो विकेटका लागि अर्जुन साउद र डेभिड मलानले ६० रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए। साउदले ३१ रन बनाउँदा मलानले २८ रन बनाए। बलिङमा पोखराका चमिका करुणारत्ने, कुशल भुर्तेल र विपिन खत्रीले समान २ विकेट लिए। आजको खेलमा कुशल मल्ल चितवन राइनोजको टोलीमा फर्किएका छन्। यसअघिका दुई सिजनमा कप्तानी गरेका मल्ल यस संस्करणमा भने पहिलो पटक मैदान उत्रिए।

अर्कोतर्फ पोखरा एभेन्जर्सले कुशल भुर्तेललाई कप्तानीबाट हटाएको छ। सकिव अल हसन पनि आज पोखरामा छैनन्। पोखरा अझै सिजनको पहिलो जितकै खोजीमा छ। चितवनको ब्याटिङ।