सुनचाँदीको महँगो मूल्यको असर देखिएन बजारमा, धनतेरसमा गहना पसल ग्राहकले भरिभराउ
Read the full story at Bizmandu
काठमाडौं। सुनको मूल्य पौने तीन लाखभन्दा धेरै हुँदा पनि धनतेरसमा गहना पसलमा घुइँचो लागेको छ। धनतेरसका दिन सुनचाँदी जोड्दा राम्रो हुने जनविश्वास रहेका कारण भाउ उच्च भए पनि गहना पसलमा ग्राहकको घुइँचो लागेको हो। सुनचाँदी पसलमा शुक्रबार अपराह्नदेखि नै ग्राहक ओइरिएका थिए।
तर, घुइँचो पोहोर परार जस्तो थिएन। व्यवसायीका अनुसार पसलमा घुइँचो लागे पनि ग्राहकले सानो सानो परिमाणमा मात्र सुन खरिद गरेका छन्। यसपालि अघिल्ला वर्षहरुको तुलनामा ३० प्रतिशत कम व्यापार भएको व्यवसायीहरुले बताएका छन्। ‘पसलमा घुइँचो त लाग्यो तर विगतका वर्षमा जस्तो व्यापार भएन,’ एक व्यवसायीले भने, ‘भाउ महँगो भएका कारण व्यापार धेरै नहुने संकेत हामीले पहिले नै पाएका थियौं किनभने यसपालि विगतका वर्षहरुमा जस्तो अर्डर आएकै थिएन।’ कतिपय व्यवसायीले ग्राहकको घुइँचोका कारण कारोबारका बारेमा जानकारी दिने फुर्सद छैन भन्दै फोन राखे भने धेरैजसोले फोन नै उठाएनन्।
धनतेरसमा चार वर्षअघि व्यापारीहरुले ५० किलोभन्दा बढी सुन बेचेका थिए। तर, यसपालि ग्राहकबाट अर्डर नआएको कारण देखाउँदै व्यवसायीले किन्न नमान्दा बैंकले दसैंअघि नै आयात गरेको सुन समेत स्टक बसेको छ। धनकी देवी लक्ष्मीलाई प्रसन्न पार्न धातुका भाँडा चढाउँदा १३ गुणा बढी धन लाभ हुने विश्वास गरिन्छ। यही जनविश्वासका कारण धनतेरसका दिन सुनचाँदीको धेरै कारोबार हुने गरेको छ।
More business
- पर्यटन बोर्डको सीईओका लागि संक्षिप्त सूचीमा परे यी १६ जनाNepal Khabar
- नेपालमा उत्पादन पोर्टफोलियो विस्तार गर्दै टीसीएल, दशैँतिहार अफरमा २५ प्रतिशतसम्म छुट र आकर्षक उपहारNepal Khabar
- सिंहदरबारभित्र गाडीले ठक्कर दिँदा राष्ट्रियसभा सदस्य गैरे घाइतेNepal Khabar
- Farmers’ stir: Profit-sharing formula in sugarcane pricing introduced in Belagavi breaks deadlockThe Hindu
- ‘बैंकको मुद्दतीभन्दा जीवन बीमाको प्रतिफल बढी छ’Onlinekhabar (Nepali)
- बैंकको एप खोल्दा देखाएको ‘इरर मेसेज’, ३० लाख जनताको बचत रातारात कसरी भयो स्वाहा?Bizmandu