बैंकको एप खोल्दा देखाएको ‘इरर मेसेज’, ३० लाख जनताको बचत रातारात कसरी भयो स्वाहा?
Read the full story at Bizmandu
सन् २०२६ नोभेम्बर ३। सो दिन जब प्याराग्वेका लाखौं मानिसले जब आफ्नो स्मार्टफोनमा रहेको ‘उएनो बैंक’ को एप खोले, त्यसमा एउटै सन्देश देखियो – इरर मेसेज। सुरुमा यसलाई प्राविधिक समस्या थानियो। तर, जब यस्तै समस्या अधिकांश बैंक प्रयोगकर्ताको एपमा देखिएको खबर फैलियो दक्षिण अमेरिकी राष्ट्र प्याराग्वे इतिहासकै ठूलो वित्तीय संकट मा फसिसकेको थियो। उएनो बैंकका शाखा बाहिर मानसिहरु भेला हुन सुरु भइसकेको थियो। त्यहाँ पुग्नेहरुको प्रश्न एउटै थियो -हाम्रो पैसा खोइ?
प्रश्नहरु बढ्दै जाँदा खुलासा भयो -उएनो बैंक ‘कोल्याप्स’ भयो, अर्थात ८० करोड अमेरिकी डलर जम्मा रहेको बैंक टाट पल्टियो। नेपालमा यो करिब सवा एक खर्ब रुपैयाँ हुन आउँछ। यसको केही दिनअघि मात्रै उएनो बैंकले आफ्नो ‘सक्सेस स्टोरी’ साझा गरेको बीबीसी ले उल्लेख गरेको छ। यो खबरसँगै देशभर प्रदर्शन भए। बैंकका अधिकारीहरुलाई प्रहरीले नियन्त्रणमा लियो। साथै त्यहाँको केन्द्रीय बैंकले उएनोलाई टेकओभर गर्यो।
तर, सडकमा प्रदर्शन रोकिएन। मानिसको संख्या थप बढ्यो। र, उनीहरुको निशाना बने – राष्ट्रपति सान्टियागो पेन्या। सन् २०२३ मे मा कन्सर्भेटिभ पेन्या राष्ट्रपतिमा निर्वाचित हुँदै गर्दा धेरैको विश्वास थियो – उनले प्याराग्वेको अर्थतन्त्रमा सुधार ल्याउँछन। पेन्या अर्थशास्त्री हुन् र उनले अन्तर्राष्ट्रिय मुद्रा कोष र प्याराग्वेकै केन्द्रीय बैंकमा लामो समय काम गरेका थिए।
More business
- पर्यटन बोर्डको सीईओका लागि संक्षिप्त सूचीमा परे यी १६ जनाNepal Khabar
- नेपालमा उत्पादन पोर्टफोलियो विस्तार गर्दै टीसीएल, दशैँतिहार अफरमा २५ प्रतिशतसम्म छुट र आकर्षक उपहारNepal Khabar
- सिंहदरबारभित्र गाडीले ठक्कर दिँदा राष्ट्रियसभा सदस्य गैरे घाइतेNepal Khabar
- Yemeni gov’t forces, Houthis trade blame for deadly strikes on Taiz marketAl Jazeera
- How Paraguay’s Ueno collapse is only its latest banking crisisAl Jazeera
- Frank Lloyd Wright’s Cedar Lake home returns to the marketTimes of India