तीव्र गतिका ३ वटा भारतीय मोटरसाइकल आपसमा ठोकिँदा २० वर्षीय नेपाली युवकको मृत्यु, चार घाइते
Read the full story at Nepal Khabar

नवलपरासी पश्चिम, पाल्हीनन्दन गाउँपालिका- ३ बेलशपुरस्थित बेलशपुर गोपिगञ्ज गण्डक नहरको भित्री सडकखण्डमा तीनवटा मोटरसाइकल आपसमा ठोक्किएका प्रहरीले जनाएको छ। बिहीबार साँझ सुरुमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको यूपी ३५ बीभी ९७५३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको यूपी ५६ एक्स ०३३४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए। सोही ठाउँमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको यूपी ५६ एक्स २९४४ नम्बरको अर्को मोटरसाइकलसमेत आएर ठोक्किएकाे प्रहरीले जनाएको छ।
दुर्घटनामा यूपी ५६ एक्स ०३३४ नम्बरको मोटरसाइकल चालक रुपन्देहीको पाल्हीनन्दन गाउँपालिका-४ लोहरौली बस्ने २०/२२ वर्षीय उसमान पठानको मृत्यु भएको हो। दुर्घटनामा रामग्राम नगरपालिका-१७ पिपरहवा बस्ने १९ वर्षीय ईसराफिल अंसारी, रामग्राम नगरपालिका-१७ पिपरहवा बस्ने ३९ वर्षीय प्रमोद तेली, पाल्हीनन्दन गाउँपालिका-३ बेलशपुर बस्ने १६ वर्षीय मोहम्मद राजा पठान, सोही स्थान बस्ने १७ वर्षीय सत्यम हरिजन घाइते भएका छन्। यूपी ५६ एक्स ०३३४ नम्बरको नम्बरको मोटरसाइकलको पछाडि सवार पाल्हीनन्दन गाउँपालिका-४ लोहरौली बस्ने १८ वर्षीय फिरोज अली देवानलाई प्रहरीको नियन्त्रणमा लिएको छ।
तीव्र गतिको कारण दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ।
More politics
- त्रिविले भन्यो- सात सय रोपनी जग्गा फिर्ता आयो, अब अनधिकृत संरचना हटाउँछौँNepal Khabar
- प्रधानमन्त्री बालेनले गरे सभापति लामिछानेसँग ‘लडाइँ’ चलिरहेको संकेतNepal Khabar
- अमेरिकी डलरको मूल्य निरन्तर ओरालोNepal Khabar
- के भन्छ मंगलबारसम्मको मौसम प्रक्षेपणNepal Khabar
- गोकुल बाँस्कोटाको दाबी: चुनावमा जनताले बालेनलाई सोझै प्रम चुनेका हुन्Nepal Khabar
- चुमनुब्रीमा नुनको मूल्य किलोकै २ सयNepal Khabar