Skip to main content
राजनीतिNepal Khabar

प्रधानमन्त्री बालेनले गरे सभापति लामिछानेसँग ‘लडाइँ’ चलिरहेको संकेत

Read the full story at Nepal Khabar

प्रधानमन्त्री बालेनले गरे सभापति लामिछानेसँग ‘लडाइँ’ चलिरहेको संकेत

प्रधानमन्त्री बालेन्द्र शाहले अहिले आफू र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबिच 'लडाइँ' चलिरहेको संकेत गरेका छन्। बुधबार सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई हटाउने निर्णय गरेपछि लामिछानेले बिहीबार चितवन पुगेर त्यसको औचित्य सरकारले पुष्टी गर्नुपर्ने अभिव्यक्ति दिएका थिए। प्रवक्ता जगदीश खरेलसहित रास्वपाका अन्य नेताले पनि आईजीपी फेर्ने प्रधानमन्त्री शाहको निर्णय पार्टीसँगको छलफलबाट नभएको अभिव्यक्ति दिँदै आएका छन्।

वालेन्द्र शाह सत्तारुढ रास्वपाका वरिष्ठ नेतासमेत हुन्। त्यसप्रति असन्तुष्ट प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत तबाफ दिँदै आफू नेतृत्वको सरकार यतिबेला देश जोगाउनतर्फ लागेको दाबी गरेका छन्। उनले अरु पार्टीमा नेता लड्दा कार्यकर्ता हाँसेर बस्ने गरेको टिप्पणी गर्दै आफ्नो पार्टीमा नेताहरुबिच लडाइँ चलिरहे पनि जनताले आश गरिरहेको तर्क पनि गरेका छन्।

'तपाईंहरूको कार्यकर्ता लड्छन्, नेता हाँसेर बस्छन्, हाम्रो नेता लड्छन्, मानवताले आस गर्छन्,' प्रधानमन्त्री शाहले लेखेका छन्, 'फरक यति हो! देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ!'