Skip to main content
राजनीतिNepal Khabar

चुमनुब्रीमा नुनको मूल्य किलोकै २ सय

Read the full story at Nepal Khabar

चुमनुब्रीमा नुनको मूल्य किलोकै २ सय

बजारमा प्रतिकिलो रु ३० देखि ३५ सम्ममा पाइने नुन गोरखाको उत्तरी भेगका विकट गाउँमा भने रु २०० सम्म पर्छ। सडक सञ्जालको पहुँच नहुँदा ढुवानीमा लाग्ने चर्को खर्चका कारण चुमनुब्री गाउँपालिकाका बासिन्दाले दैनिक उपभोग्य वस्तुका साथै नुनसमेत महँगो मूल्यमा किन्नुपर्ने बाध्यता छ। नेपालमा खानेनुनको आपूर्ति गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेसनले आयो नुनको मूल्य प्रतिकिलो रु २६, न्यू शक्ति नुनको रु २० र भानु नुनको रु नौ तोकेको छ। तर, हिमालपारिको चुमनुब्री गाउँपालिकाका विभिन्न बस्तीमा आयो नुनको मूल्य प्रतिप्याकेट रु ६० देखि २०० सम्म पर्ने गरेको छ।

गाउँ जति विकट छ, नुनको मूल्य पनि त्यति नै बढी छ। मनास्लु क्षेत्रअन्तर्गत तिब्बती सीमावर्ती सामागाउँ र साम्दोमा प्रतिप्याकेट आयो नुनको मूल्य रु २०० पर्छ। तल्लो क्षेत्रमा रु ३० मा पाइने एक प्याकेट नुन साम्दोसम्म पुर्‍याउन ढुवानीमै रु १०० खर्च हुने स्थानीय निमा दोर्जेले बताइन्। 'पाङसिङबाट साम्दोसम्म एकपोका नुन ल्याउँदा ढुवानी भाडामात्रै रु १०० पर्छ।

आरुघाट र आर्खेटबाट पाङसिङसम्मको ढुवानी खर्च छुट्टै छ । त्यसपछि पसलेले पाँचदेखि १० रुपैयाँ नाफा राख्दा एकपोका नुनको मूल्य रु २०० पुग्छ', उनले भनिन्। सामागाउँभन्दा केही तल वडा नं २ को ल्हो गाउँमा खाद्यान्न ढुवानी भाडा प्रतिकिलो रु ८० पर्ने भएकाले एक प्याकेट आयोनुनको मूल्य रु १५० पर्ने गरेको छ ।