Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

म एक धार्मिक व्यक्ति हुँ, त्यसैले म स्वर्ग जान्छु : ट्रम्प

Read the full story at Onlinekhabar (Nepali)

म एक धार्मिक व्यक्ति हुँ, त्यसैले म स्वर्ग जान्छु : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिबिएस न्युजको चर्चित कार्यक्रम ‘६० मिनेट’का संवाददाता रस डुथाटसँगको अन्तर्वार्तामा आफ्नो जीवन, मृत्यु, राजनीतिक शत्रुहरूप्रति रोष र अज्ञात उडान वस्तुहरू (युएफओ) बारे कयौँ रोचक तथा अनपेक्षित खुलासा गरेका छन्। आफ्ना दुई कार्यकालमा धेरैपटक ज्यान मार्ने प्रयासहरूबाट जोगिन सफल भएका ८० वर्षीय ट्रम्पले यस अन्तर्वार्तामा मृत्युपछिको जीवन र वायुसेनाका पाइलटहरूसँग भएका भेटघाटबारे खुलेर कुरा गरे। अन्तर्वार्ताको सुरुआतमा पत्रकार रस डुथाटले ट्रम्पलाई हत्याका प्रयासहरूबाट बाँचेपछि मृत्युप्रतिको दृष्टिकोण फेरिएको छ कि छैन र मरेपछि के हुन्छ जस्तो लाग्छ भनी प्रश्न गरेका थिए। केही समय रोकिएर ट्रम्पले जवाफ दिए, ‘मलाई आशा छ मलाई मानिसहरूले सम्झनेछन्।

म एक धार्मिक व्यक्ति हुँ, त्यसैले सिद्धान्ततः म स्वर्ग जानुपर्छ। म आशा गर्छु, किनकि म नरक जान चाहन्नँ। ’ ट्रम्पले आफ्नो पहिलो र दोस्रो कार्यकालमा ओभल अफिसमा अमेरिकी वायुसेनाका अत्यन्त योग्य, अनुभवी र भरपर्दो पाइलटहरूसँग भएका भेटघाटहरूको स्मरण गरे। उनले भने, ‘यी मानिसहरू कुनै षड्यन्त्र सिद्धान्तकार (कन्स्पिरेसी थ्योरिस्ट्स) होइनन्।

उनीहरू फिल्म ‘टम क्रूज’ जस्तै युवा, आकर्षक र पूर्ण रूपमा दक्ष हुन्। उनीहरू आफ्नो क्षेत्रका असली खेलाडी हुन्।