Skip to main content
वातावरणOnlinekhabar (Nepali)

रसुवा बाढी : अर्थतन्त्रमा पौने ५ खर्ब क्षति, पुनरुत्थानमा ७ खर्ब आवश्यक

Read the full story at Onlinekhabar (Nepali)

रसुवा बाढी : अर्थतन्त्रमा पौने ५ खर्ब क्षति, पुनरुत्थानमा ७ खर्ब आवश्यक

बाढीका कारण अर्थतन्त्रका विभिन्न क्षेत्रमा कुल हानि (ड्यामेज) २ खर्ब ८२ अर्ब ९० करोड र कुल नोक्सानी (लस) १ खर्ब ८९ अर्ब ७६ करोड गरी ४ खर्ब ७२ अर्ब ६६ करोड बराबर क्षति भएको छ । २० कात्तिक, काठमाडौं । १० भदौमा रसुवा–भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले अर्थतन्त्रमा ४ खर्ब ७२ अर्ब ६६ करोड बराबर क्षति गरेको पाइएको छ । राष्ट्रिय योजना आयोगले शुक्रबार रसुवा–भोटेकोशी नदीमा आएको बाढीबाट भएको क्षति र विपद्पछिको आवश्यकता मूल्यांकनको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ ।

प्रतिवेदन अनुसार बाढीका कारण अर्थतन्त्रका विभिन्न क्षेत्रमा कुल हानि (ड्यामेज) २ खर्ब ८२ अर्ब ९० करोड र कुल नोक्सानी (लस) १ खर्ब ८९ अर्ब ७६ करोड गरी ४ खर्ब ७२ अर्ब ६६ करोड बराबर क्षति भएको छ । विपद्बाट क्षतिग्रस्त संरचना पुनर्निर्माण तथा पुनरुत्थानमा कुल ७ खर्ब ६ अर्ब ६५ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान मूल्यांकन प्रतिवेदनमा छ । बाढीका कारण १ हजार ४ सय ६४ जनाको मृत्यु भएको थियो । ५ हजार २ सय ५८ जना अझै बेपत्ता छन् ।

विपद्पछि १३ हजार ७ सय ९५ जनाको उद्धार गरिएको थियो । अहिले हजारौं परिवार विस्थापित भई अन्यत्र बसोबास गर्न बाध्य छन् ।