‘कोप–३१ मा २ अर्ब मान्छेलाई पानी खुवाइरहेको हिमालको मुद्दा उठाउँछौं’
Read the full story at Onlinekhabar (Nepali)

हिमालले नेपाललाई मात्र पालिराखेको छैन, हामीभन्दा तल्लो तटीय क्षेत्रका करिब २ अर्ब मानिसलाई पानी खुवाइराखेको छ। विश्वमा समुद्री सतह बढ्दा जति आवाज उठ्छ, हिमालका लागि त्यति आवाज गुञ्जिएको छैन। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि पक्षराष्ट्रहरूको सम्मेलन (कोप–३१) नोभेम्बर ९ देखि टर्किएमा आयोजना हुँदैछ। भदौ १० को विनाशकारी रसुवा बाढीको साढे दुई महिनापछि हुन लागेको सम्मेलनमा नेपालले जलवायु परिवर्तनले पर्वतीय क्षेत्रमा पारेको प्रभाव, तापक्रम वृद्धिसम्बन्धी मापदण्ड र जलवायु वित्तजस्ता विषयलाई प्राथमिकता दिन लागेको छ।
विशेष गरेर सङ्घ, प्रदेश, स्थानीय तहलगायत नागरिक समाज, युवा र जेनजीहरूलाई पनि फोकस गरेर अगाडि बढ्दै छौँ। यसरी हेर्दा तयारी जति गरे पनि अन्तिम चरणसम्म केही न केही छुटे जस्तो लाग्छ, लेकिन हाम्रो तर्फबाट एकदमै द्रुत गतिका साथ तयारी भएको छ। हामी परराष्ट्रमन्त्री शिशिर खनालज्यूको नेतृत्वमा सहभागी हुँदै छौँ। त्यस्तै प्रतिनिधि सभाका विभिन्न दलका सदस्यज्यूहरू, राष्ट्रिय सभाका सदस्यज्यूहरू, प्रदेश र स्थानीय तह सबैतिरबाट सहभागी हुँदै हुनुहुन्छ।
हामीले यसलाई जम्बो टोलीभन्दा पनि सरोकारवालाहरूको— जसको पीडा हो, उसैले विश्वलाई सुनाउनुपर्छ भन्ने हिसाबले सहकार्य गर्दै छौँ। सबै आ–आफ्नो विषयवस्तुमा बोल्दै हुनुहुन्छ। हामीले अहिले जे समस्या भोगिरहेका छौँ, त्यो विश्वलाई सुनाउनुपर्नेछ।
More environment
- पोखराले टस जितेर रोज्यो फिल्डिङ, पहिले ब्याटिङमा चितवनNepal Khabar
- नवनियुक्ति भारतीय राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेशNepal Khabar
- चितवनले पोखरालाई दियो १५२ रनको लक्ष्यNepal Khabar
- अनमोलकै अघि भुवन भन्छन्- म उसको छायामा पर्न तयार छु (भिडिओ)Nepal Khabar
- चितवनमा जिप दुर्घटना हुँदा २५ जना घाइतेDC Nepal
- रसुवा बाढी : अर्थतन्त्रमा पौने ५ खर्ब क्षति, पुनरुत्थानमा ७ खर्ब आवश्यकOnlinekhabar (Nepali)