Skip to main content
वातावरणNepal Khabar2 outlets covering

चितवनको सानदार ‘कमब्याक’, चौथो हारसँगै पोखराको ‘प्लेअफ’ यात्रा कठिन

Read the full story at Nepal Khabar

चितवनको सानदार ‘कमब्याक’, चौथो हारसँगै पोखराको ‘प्लेअफ’ यात्रा कठिन

शुक्रबार भएको दोस्रो खेलमा चितवन राइनोजसँग रनले ३० पराजित भएपछि पोखराको प्लेअफ यात्रा कठिन बनेको हो। अब बाँकी तीन खेलमा जित हासिल गरे पनि बाँकी टोलीको हार-जितमा निर्भर हुनुपर्नेछ। पहिलो खेलमा सुदूरपश्चिमसँग ६ विकेटले पराजित भएको पोखरा दोस्रो खेल जनकपुरसँग नौ रनले गुमाएको थियो। तेस्रो खेलमा लुम्बिनीसँग आठ विकेटको फराकिलो हार बेहोरेको थियो। यता पोखरालाई हराएसँगै चितवन भने अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ। दुई खेलमा जित, एक खेलमा हार र एक खेलमा अंक बाँडेको चितवन ५ अंकमा तालिकाको तेस्रो स्थानमा उक्लेको हो।

चितवनले पहिलो खेलमा विराटनगरलाई आठ रनले हराउँदा दोस्रो खेलमा भने वर्षाका कारण लुम्बिनीसँग अंक बाँडेको थियो। तेस्रो खेलमा सुदूरपश्चिमसँग पाँच विकेटको हार भोगेको थियो। पोखराका लागि अजुर्न कुमालले सर्वाधिक ४५ रनको योगदान दिए। उनले २० रनमा जीवनदान पाए। अर्जुनले १७ बलमा २० रन बनाउँदा रन्जित कुमारको बलमा अम्पाएरले एलबीडब्लु आउट दिए पनि डीआरएसको सहयोगमा निर्णय उल्टिएको थियो। त्यसपछि उनी १८औँ ओभरमा ४५ रन बनाउँदा कमल ऐरीको बलमा क्याच आउट भए।

युवराज शर्मा १९ रन बनाउँदा डान मुस्लीको बलमा बोल्ड आउट भए। किरण ठगुन्ना १३ रन बनाउँदा रिजन ढकालको बलमा कुशल मल्लको हातबाट क्याच आउट भए। अर्जुन घर्ती १२ रनमा क्याच आउट भए भने कुशल भुर्तेल र सदीरा समरविक्रमले समान ४ रन थप्दै पेभेलियन फर्के। मेहदी हसनल ७ रन थपे।