कांग्रेस देउवा समूहद्वारा ७ भ्रातृ संस्थामा समानान्तर समिति गठन
Read the full story at Ratopati

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीका सातवटा भ्रातृ संस्थाहरूमा समानान्तर समिति गठन गरेको छ। आगामी मंसिर २१ देखि २३ गतेसम्म पार्टीको समानान्तर महाधिवेशन गर्ने तयारी गरिरहेको उक्त समूहले तल्लो तहका अधिवेशनहरूसँगै भ्रातृ संस्थाहरूमा पनि समानान्तर समिति बनाएर सक्रिय बनाएको हो। भ्रातृ संस्थाहरूको संयोजक तोकिएको पत्रमा समूहद्वारा गठित महाधिवेशन आयोजक समितिका संयोजक प्रा.डा.
शशांक कोइरालाले हस्ताक्षर गरेका छन्। संयोजक डा. कोइरालाद्वारा हस्ताक्षरित पत्रमा गठित सबै भ्रातृ संस्थाका अध्यक्षहरूलाई ६ महिनाभित्र महाधिवेशन सम्पन्न गरी नयाँ कार्यसमिति चयन गर्ने कार्यादेश (म्यान्डेट) दिइएको उल्लेख छ। डा.
कोइरालाको पत्रअनुसार ‘नेपाल तरुण दल’ को अध्यक्षमा दिल लामा, ‘नेपाल विद्यार्थी संघ’ को अध्यक्षमा सिर्जना मल्ल, ‘नेपाल आदिवासी जनजाति संघ’ को अध्यक्षमा अमिर लामा मोक्तान, ‘नेपाल सांस्कृतिक संघ’ को अध्यक्षमा अर्जुन गिरी, ‘लोकतान्त्रिक अपाङ्ग संघ’ को अध्यक्षमा विकास थापा, ‘नेपाल दलित संघ’ को अध्यक्षमा यमुना विश्वकर्मा र ‘नेपाल लोकतान्त्रिक खेलकुद संघ’ को अध्यक्षमा सुवोध प्रधानलाई मनोनयन गरिएको छ। मनोनित नेतृत्वमध्ये लामा कांग्रेसमा विवाद हुनुअघिको तरुण दल केन्द्रीय समितिमा सदस्य थिए।
More politics
- राष्ट्रसंघका महासचिव गुटेरस र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ताNepal Khabar
- आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम कतिNepal Khabar
- सुरु भयो चार दिन मनाइने छठNepal Khabar
- श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्धNepal Khabar
- नेकपा संयोजक प्रचण्ड रुस प्रस्थान, के छ कार्यक्रमNepal Khabar
- देशभर पश्चिमी वायुको प्रभाव, कस्तो होला ५ दिन मौसमNepal Khabar