उद्योगमन्त्री साह र भारतीय समकक्षीबीच जुटमा लगाइएको ‘एन्टिडम्पिङ ड्युटी’ बारे छलफल
Read the full story at Onlinekhabar (Nepali)

विशेषगरी नेपाली सिमेन्ट, स्टिल, प्लाइउड, जुत्ता, धागो तथा अन्य औद्योगिक उत्पादन प्रमाणीकरण प्रक्रिया सरल, सहज र समयबद्ध बनाउन मन्त्री साहले आग्रह गरे । २७ कात्तिक, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतका वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयलबीच आन्ध्र प्रदेशस्थित विशाखापट्नममा द्विपक्षीय भेटवार्ता भएको छ ।
३१औं साझेदारी शिखर सम्मेलन २०२६ मा सहभागी हुने क्रममा भएको भेटवार्तामा नेपाल–भारतबीचको व्यापार, पारवहन, औद्योगिक सहकार्य, लगानी प्रवर्द्धन, गुणस्तर प्रमाणीकरण तथा नेपाली उत्पादनको भारतीय बजारमा सहज पहुँच लगायत महत्त्वपूर्ण विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ । भेटमा मन्त्री साहले नेपाली उद्योगले भारतीय बजारमा प्रवेश गर्दा गुणस्तर प्रमाणीकरण तथा भारतीय मानक ब्युरोको प्रमाणपत्र प्राप्त गर्न भोग्नुपरेका प्रक्रियागत जटिलता, समय र लागत सम्बन्धी समस्या प्रस्तुत गरे । विशेषगरी नेपाली सिमेन्ट, स्टिल, प्लाइउड, जुत्ता, धागो तथा अन्य औद्योगिक उत्पादन प्रमाणीकरण प्रक्रिया सरल, सहज र समयबद्ध बनाउन मन्त्री साहले आग्रह गरे ।
बैठकको महत्त्वपूर्ण उपलब्धिका रूपमा नेपालमै भारतीय मानक ब्युरोको मापदण्ड अनुरूप परीक्षण प्रयोगशाला स्थापना गर्ने प्रस्तावप्रति भारतीय मन्त्री गोयलले सकारात्मक चासो र तत्परता व्यक्त गरे ।
More politics
- भीमफेदी दुर्घटनाका पीडित परिवारलाई ‘यथाशीघ्र’ क्षतिपूर्ति दिन सरकारले अगाडि बढायो प्रक्रियाNepal Khabar
- राहुल गान्धीको आरोप : प्रधानमन्त्री मोदीले मेरो फोन ट्याप गर्छन्Nepal Khabar
- सुदूरपश्चिमविरुद्ध जितका लागि काठमाडौंले पायो १२६ रनको लक्ष्यNepal Khabar
- काठमाडौंविरुद्ध ऐरीको अर्धशतकNepal Khabar
- एनभिडियाको सीईओबाट हटाइएका हुआङको तेस्रो ‘अफेयर’ खुलासाNepal Khabar
- भीमफेदी दुर्घटनाका पीडितसँग सहमति, शव लैजाने तयारीNepal Khabar