दान पछाडिको जीवन!
Read the full story at Setopati

आजको दिन परिवारको लागि सबैभन्दा ठुलो दिन थियो। दिदीले अर्को नयाँ घर पाउने, अमूल्य जीवनसाथी पाउने, आफ्नो जीवनको नयाँ अध्याय सुरु गर्ने कुराले म निकै उत्साहित थिएँ। उनको लागि मनमा अनेकौँ खुसीका रङहरू थिए। हिँड्दै जाँदा बाटोमा एउटा गाईलाई बेफिक्री चर्दै गरेको देखेँ। हेर्दा त आफ्नै छिमेकीको गाईजस्तै लाग्थ्यो। केही पर पल्लाघरे दिदी भेटिनु भयो। दिदीले सहजै जवाफ दिनुभयो, ‘दानमा दिएको बाछी थियो। दुई/चार वर्ष त दूध राम्रै दियो, तर अहिले दिनै छाड्यो।
दानमा आएको गाई बेच्न पनि मनले मानेन त्यसैले त्यत्तिकै छाडा छोडिदिएको। त्यसलाई पालेर अब के काम? छाडा नै भइरहोस्। ’ त्यो जवाफ सुनेर मेरो मन अलि दुःखी भयो। आफ्नो आहार घाँस खोज्दै बसिरहेको गाईलाई एकैछिन हेरेर सोचेँ- उसलाई के थाहा, उसको जीवनको मूल्य अब अरू कसैको नजरमा घटिसकेको थियो। उसले अब अरूलाई केही पनि दिन नसक्ने जो भएको थियो। अब त्यो गाई कहाँ जाला? उसको त घर नै छैन।
जन्मेको दश दिन नकाट्दै आमाबाट छुट्टाएर ल्याइएको थियो उसलाई। न उसले आफ्नो आमा कहाँ फर्किन सक्थ्यो न उसलाई अब फर्किने बाटो नै थाहा थियो। दुनियाँ सबै स्वार्थी छ, बिचरा त्यो सानो गाईलाई के थाहा। हतार पनि थियो। आफ्ना सबै उत्तरविहीन प्रश्नहरू मनको एउटा कुनामा बोकेर आफ्नै बाटोतिर हिँडे। आखिर दिदीको बिहेको कामकाज पनि त ठुलो थियो। दुलहीको हातमुनि दुलाहाको हात राखियो।
More environment
- ‘आईटीयू पीपी’मा नेपालले उठायो जलवायुजन्य विपद् र डिजिटल विभाजन न्यूनीकरणको मुद्दाNepal Khabar
- COP31: Himalayan flash floods should push all to act ‘faster and fairer’ on climate change: UN climate chiefThe Hindu
- घाँसेमैदान सफा गरेपछि सहजै रुपमा देखिन थाले वन्यजन्तुRatopati
- जीवन विकास लघुवित्तको नाफा ३८.१५ प्रतिशतले वृद्धि, प्रति सेयर आम्दानी ४६.०३ रुपैयाँBizmandu
- जलवायु नेतृत्वलाई पहिचान गर्न नेट-जिरो मान्यताNagarik News
- चितवनमा कारको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइतेOnlinekhabar (Nepali)