घाँसेमैदान सफा गरेपछि सहजै रुपमा देखिन थाले वन्यजन्तु
Read the full story at Ratopati

चितवन । जङ्गल सफारीका लागि चितवन राष्ट्रिय निकुञ्ज विश्वमै प्रख्यात छ । यहाँ जङ्गल सफारी गर्न स्वदेशी र विदेशी पर्यटक रुचाउँछन् । वर्षात सकिएसँगै जीप सफारी सञ्चालन गरिँदै आएको छ । बर्सातको समयमा भने बाटो बिग्रने भएकाले निकुञ्जले जङ्गल सफारी बन्द गर्दैआएको छ ।
दसैँअघि निकुञ्जभित्रका सडक मर्मत सकेर जीप सफारी सञ्चालनमा आउने ल्याइने गरिएको छ । निकुञ्जले यस वर्ष बाटोसँगै घाँसेमैदानको व्यवस्थापनको काम पनि अघि बढाएको छ । त्यस कार्यले निकुञ्जभित्र जीपमा सफारी गर्नेले टाढा–टाढासम्मका वन्यजन्तु हेर्न सहज भएको छ । निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार यस पटक जीप सफारी सुरु गरिँदा बाटो छेउका ८५ हेक्टर घाँसेमैदान सफा गरिसकिएको छ । उनका अनुसार पहिलो प्राथमिकता जीप सफारी गर्ने बाटो छेउका घाँसेमैदानलाई दिइएको छ ।
सूचना अधिकारी तिवारीले भने, “सुरुमा बाटो नजिक सफा गरेर पछि भित्रि ठाउँको घाँसेमैदान व्यवस्थापन गर्दै छौँ । ” निकुञ्जभित्र सफा भएपछि जीप सफारी गर्नेले दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघ, गौरी गाई, भालु, मृग प्रजातीका चित्तललगायतका वन्यजन्तु, चरा सजिलै देख्न पाएका छन् । उनले निकुञ्ज घुम्न आउनेले सहजै वन्यजन्तु देख्न पाउन भन्न घाँसेमैदानको काम छिटो सुरु गरिएको बताए । यस वर्ष जीपमा सफारी गर्नेले धेरै वन्यजन्तु देखिएको प्रतिक्रिया दिएको पनि उनले बताए ।
More environment
- ‘आईटीयू पीपी’मा नेपालले उठायो जलवायुजन्य विपद् र डिजिटल विभाजन न्यूनीकरणको मुद्दाNepal Khabar
- दान पछाडिको जीवन!Setopati
- COP31: Himalayan flash floods should push all to act ‘faster and fairer’ on climate change: UN climate chiefThe Hindu
- जीवन विकास लघुवित्तको नाफा ३८.१५ प्रतिशतले वृद्धि, प्रति सेयर आम्दानी ४६.०३ रुपैयाँBizmandu
- जलवायु नेतृत्वलाई पहिचान गर्न नेट-जिरो मान्यताNagarik News
- चितवनमा कारको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइतेOnlinekhabar (Nepali)