Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

शिक्षामन्त्रीले भनेझैं फिर्ता भएको छैन त्रिविको ७०० रोपनी जग्गा

Read the full story at Onlinekhabar (Nepali)

शिक्षामन्त्रीले भनेझैं फिर्ता भएको छैन त्रिविको ७०० रोपनी जग्गा

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दाबी गरेझैं त्रिविको ७०५ रोपनी जग्गा फिर्ता भएको छैन । त्रिविकै प्राध्यकप संघ संस्थाले भने फिर्ताको लागि पत्र पठाएका छन् । फिर्ताको औपचारिक निर्णय भएको छैन । यथावत रुपमा ओगटेर बसेका कार्यालय छन् । १९ कात्तिक, काठमाडौं ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बुधबार साँझ फेसबुकमा लेखे, ‘वर्षौँदेखि ओगटिएको त्रिविको करिब ७०५ रोपनी जग्गा फिर्ता ल्याएका छौँ । ’ मन्त्री पोखरेलको लामो स्ट्याटस प्रधानमन्त्री बालेन शाहले पनि सेयर गरेका छन् । तर, उक्त पोस्टमा कसले ओगटेको जग्गा फिर्ता ल्याएको हो स्पष्ट पारिएको छैन । मन्त्रीको पोस्टमा त्रिविका प्राध्यापकदेखि विद्यार्थीसम्मले कहाँको जग्गा फिर्ता ल्याएको भनेर प्रतिप्रश्न गरेका छन् । मन्त्री पोखरेलकै पोस्टमा भनिएको छ, ‘ त्रिवि प्रशासनसँगको निरन्तर समन्वय, दृढ इच्छाशक्ति र प्रशासनिक कदमको परिणामस्वरूप ६ महिनाको अवधिमै काठमाडौँ उपत्यकाभित्र मात्रै त्रिविको करिब ७०५ रोपनी जग्गा फिर्ता गर्न हामी सफल भएका हौँ ।

’ त्यसपछि हामी बिहीबार बिहान कीर्तिपुरस्थित त्रिवि परिसरमा विभिन्न संघ संगठनले ओगटेको जग्गामा पुगेका थियौं । त्यहाँ पुग्दा ज-जसले प्रयोग गरिरहेको हो उनीहरूकै कार्यालय यथावत थियो । त्रिविको जग्गामा रहेको पेट्रोल पम्पमा पेट्रोल थाप्नेको लाइन थियो । क्रिकेट मैदानमा एनपीएल चलिरहेको थियो ।