राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियो
Read the full story at Onlinekhabar (Nepali)

१९ कात्तिक, म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरण प्रक्रिया अघि बढेको छ । रघुगङ्गा गाउँपालिका–४ दग्नाम र ५ झी को फेदीमा रहेको बाँधदेखि तिल्केनीचौरस्थित विद्युत् गृह जोड्ने छ किलोमिटर २७० मिटर लामो सुरुङ खन्ने क्रममा बिस्फोटक पदार्थको थर्कोले घर भत्किएका र चर्किएका प्रभावितलाई क्षतिपूर्ति वितरण गर्न लागिएको हो ।
रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले सुरुङ मार्ग निर्माणबाट प्रभावित घरधनीलाई आवश्यक कागजातसहित आगामी मङ्सिर ४ गतेभित्र निवेदन पेस गर्न सार्वजनिक सूचना जारी गरिएको जानकारी दिए । आयोजनाले यसअघि सर्जसाफ्ट, प्रेसर साफ्ट र अडित नम्बर ३ को सुरुङ वरपर कम्पनका कारण बस्न नमिल्ने भएका करिब ३० घरपरिवारलाई अस्थायी टहरा बनाउनका लागि न्यूनतम रु एक लाख ७५ हजारदेखि अधिकतम रु तीन लाखसम्म वितरण गरेको थियो । प्रभावित लेखनाथ शर्माले आयोजना, जिल्ला प्रशासन र गाउँपालिका जिम्मेवारीबाट पन्छिन खोज्दा प्रभावितले क्षतिपूर्ति पाउन ढिलाइ भएको बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय, पूर्वाधार विकास कार्यालय, गाउँपालिका र आयोजनाका प्राविधिकको टोलीले स्थलगत निरीक्षणका क्रममा सुरुङ क्षेत्रमा पर्ने ३५० भन्दाबढी घरमा क्षति पुगेको प्रारम्भिक विवरण तयार पारेको थियो ।
More politics
- ‘बाटुलो जून’को ट्रेलरमा क्लासिक लबस्टोरी (भिडिओ)Nepal Khabar
- हामीले विगतमा गरेको असफल अभ्यास यो सरकार पनि पछ्याउँदै छ: डिला संग्रौलाNepal Khabar
- प्रधानमन्त्रीलाई राज्य व्यवस्था समितिको बैठकमा उपस्थित गराउन शाहीको मागNepal Khabar
- तरकारी छाडेर फूल खेती, सोचेभन्दा राम्रो आम्दानी हुँदा कमला दंगNepal Khabar
- जग्गा धनी पुर्जा माग्दै झापामा ६० हजार परिवारले दिए आवेदनNepal Khabar
- कालीमाटीमा भन्टा र प्याजको मूल्य बढ्यो, भिन्डीको घट्योNepal Khabar