Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

नेपाल पूर्वाधार सम्मेलन २३ र २४ मंसिरमा, कानुन सुधार प्राथमिकता

Read the full story at Onlinekhabar (Nepali)

नेपाल पूर्वाधार सम्मेलन २३ र २४ मंसिरमा, कानुन सुधार प्राथमिकता

१९ कात्तिक, काठमाडौं । पूर्वाधार परियोजनामा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्य सहित सार्वजनिक–निजी साझेदारीमा आयोजना हुँदै आएको ‘नेपाल पूर्वाधार सम्मेलन २०२६’ आगामी मंसिर २३ र २४ मा काठमाडौंमा आयोजना हुने भएको छ । सम्मेलनमा नेपाल सरकारले नेपालमा लगानी गर्न स्वदेशी तथा विदेशी लगानीकर्तालाई आवश्यक वातावरण निर्माण गर्न कानुनी लगायतका सुधार भएको जानकारी गराउने र विशेषगरी स्वदेशी लगानीकर्तालाई लगानी गर्न उत्प्रेरित गरिने छ ।

यसैगरी सम्मेलनमा लगानीयोग्य पूर्वाधार परियोजनाहरू प्रस्तुत गर्नुका साथै केही परियोजनामा लगानी सम्झौता गर्ने तयारी गरिएको छ । सम्मेलनको उद्देश्य बलियो, दिगो र उत्थानशील पूर्वाधार विकास मार्फत मुलुकको समग्र आर्थिक विकास तथा समृद्धिमा योगदान पुर्‍याउनु रहेको छ । सरकारले पूर्वाधार विकास सहित समग्र अर्थतन्त्रको विकासका लागि नयाँ कानुन निर्माण तथा विद्यमान कानुनमा सुधार गर्दै लगानीमैत्री वातावरण निर्माण गर्दैछ ।

यसै सन्दर्भमा सम्मेलनमा लगानी तथा पूर्वाधार विकाससँग सम्बन्धित कानुनी सुधारका प्रमुख तीन विषयमा विशेष प्रस्तुति तथा छलफल हुनेछ । दुई दिने सम्मेलनमा पहिचान गरिएका करिब तीन दर्जन लगानीयोग्य पूर्वाधार परियोजना लगानीकर्तामाझ प्रस्तुत गरिने छ । हालसम्म २३ परियोजना पहिचान भइसकेका छन् भने सम्मेलन तयारी क्रममा थप परियोजना पहिचान तथा छनोट गरिने छ ।