हारपछि पनि रोहित निराश छैनन्, भने– अझै शीर्ष दुईमा पुग्न सक्छौं
Read the full story at Setopati

नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो हार बेहोरेपछि लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले पावर प्लेमा ६ विकेट गुमाउनु नै पराजयको मुख्य कारण भएको बताएका छन्। शनिबार काठमाडौं गोर्खाजसँग ३६ रनले पराजित भएपछि बोल्दै रोहितले खेलमा जित र हार स्वाभाविक प्रक्रिया भएको बताए। उनले हारबाट निराश हुनुभन्दा आगामी खेलमा राम्रो प्रदर्शन गर्न केन्द्रित हुनुपर्ने धारणा राखे। ‘खेलकुदमा जित र हार दुवै हुन्छन्। हामीले यसलाई स्वीकार गरेर अघि बढ्नुपर्छ।
अझै पनि हाम्रो लागि प्लेअफमा पुग्ने र शीर्ष दुईमा रहने राम्रो अवसर छ,’ उनले भने। १६१ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले १९.३ ओभरमा १२४ रन मात्रै बनाउन सक्यो। टोलीले पावर प्लेभित्रै ६ विकेट गुमाएको थियो। कप्तान रोहितले पनि सुरुवाती ६ विकेट गुमाउनु टोलीका लागि ठूलो क्षति भएको स्वीकार गरे। उनका अनुसार लुम्बिनीले उक्त पिचमा १६० रनलाई प्रतिस्पर्धात्मक योगफल मानेको थियो।
तर सुरुवाती विकेट गुमाउँदा योजनाअनुसार ब्याटिङ गर्न सकेन। ‘हामीले यो विकेटमा १६० रन राम्रो योगफल हुन सक्छ भन्ने सोचेका थियौं। तर पावर प्लेमा ६ विकेट गुमाउनु हाम्रा लागि ठूलो क्षति भयो,’ उनले भने। रोहितले ब्याटिङसँगै बलिङमा पनि अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको स्वीकार गरे। विशेषगरी पहिलो १० ओभरमा बलिङ योजनाको कार्यान्वयन कमजोर भएको उनको भनाइ थियो।
More politics
- न्यायाधीश भएपछि राजनीतिको चप्पल अदालतबाहिरै खोलेको छु: जनक पाण्डेNepal Khabar
- मन्त्री बादीद्वारा सुर्खेत रङ्गशालाको अनुगमनNepal Khabar
- लुम्बिनीविरुद्ध काठमाडौंले पहिले ब्याटिङ गर्नेNepal Khabar
- बालेन सरकारको काम गराइ हिन्दी जासुसी फिल्म जस्तो: प्रचण्डNepal Khabar
- सर्वोच्चमा प्रस्तावित चारै न्यायाधीशको नाम संसदीय समितिबाट अनुमोदनNepal Khabar
- अब इतिहासको कुरा मात्र गरेर हुँदैन: प्रकाशमान सिंहNepal Khabar