Skip to main content
अर्थतन्त्रNepal Khabar2 outlets covering

भाइटीकाको सामान किन्न बजारमा घुइचो (तस्बिरहरू)

Read the full story at Nepal Khabar

भाइटीकाको सामान किन्न बजारमा घुइचो (तस्बिरहरू)

तिहारको महत्त्वपूर्ण दिन भाइटीका बुधबार परेको छ। त्यसका लागि उपहार तथा विभिन्न सामग्री किन्नका लागि बजारमा चहलहपल बढेको हो। विराटनगरको ट्राफिक चोकदेखि डीएसपी रोडसम्मको मुख्य बजारमा भीड लागेको छ।

विशेषगरी फूल, भाइ मसला र कपडा किन्ने धेरै देखिन्छन्। लक्ष्मीपूजा, दिपावली लक्षित भिडभाड हुने भए पनि भाइ मसलासँग सम्बन्धित सामग्री खरिद गर्न भाइटीकाको पूर्व तयारीमा मंगलबार विराटनगरको बजारमा चहलपहल बढेको हो। यसअघि सीमा क्षेत्रको बजार जोगबनीमा भिडभाड लाग्ने गरेको थियो।

तर यस वर्ष सीमा क्षेत्रमा सुरक्षा निकायले भारतबाट आयात हुने फूलमा कडाई गरेपछि विराटनगरलगायतका बजारका व्यापारी पनि खुशी देखिन्छन्।