एआई चिप व्यापारको केन्द्रमा पुगेकी एलिस ह्वाङ प्रेम सम्बन्धले अमेरिकी अनुसन्धानको घेरामा
Read the full story at Nepal Khabar

चीनको वित्तीय क्षेत्रमा करिअर सुरु गरेकी एलिस ह्वाङ पछिल्लो समय विश्वव्यापी एआई चिप प्रतिस्पर्धाको केन्द्रमा पुगेकी छन्। अमेरिकी गुप्तचर निकायहरूले उनलाई चिनियाँ गुप्तचर संयन्त्रसँग जोडेर अनुसन्धान गरिरहेको खबर सार्वजनिक भएपछि एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन ह्वाङसँगको उनको सम्बन्धसमेत विवादमा तानिएको छ। चिनियाँ नाम ह्वाङ लेबाट समेत चिनिने एलिसले सांघाईको लगानी व्यवस्थापन कम्पनीको उच्च पदमा रहेर काम गरेकी थिइन्।
त्यसपछि सिंगापुरमा दर्ता भएको क्लाउड कम्प्युटिङ कम्पनी मेगास्पिड इन्टरनेसनलको सेयरधनी बनेको विवरण सार्वजनिक भएका छन्। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले ३० भन्दा बढी सार्वजनिक वित्तीय अभिलेख, कम्पनी दर्तासम्बन्धी कागजात तथा कम्पनीका सामग्री अध्ययन गरी उनको व्यावसायिक पृष्ठभूमि सार्वजनिक गरेको हो। एनभिडियाले आफ्नो आधिकारिक वेबसाइटमा मेगास्पिडलाई क्लाउड साझेदारका रूपमा सूचीकृत गरेको छ।
मेगास्पिडमाथि अमेरिकी निर्यात नियन्त्रणमा रहेका उच्च गुणस्तरको एआई चिप चिनियाँ ग्राहकसम्म पुर्याउन सहयोग गरेको आशंकामा सन् २०२५ अक्टोबरदेखि अमेरिकी अधिकारीहरूले अनुसन्धान गरिरहेको विषय न्युयोर्क टाइम्सले सार्वजनिक गरेको थियो। पछिल्लो समय एलिसको चर्चा एनभिडियाका सीईओ जेन्सेन ह्वाङसँगको सम्बन्धका कारण थप चुलिएको हो। उनीहरूबीच पारिवारिक नाता भने छैन।
More business
- जो बने ५० हजार पाउन्ड राशिको ‘बुकर प्राइज’ पाउने सबैभन्दा ज्येष्ठ लेखकNepal Khabar
- ऋण वर्गीकरणको व्यवस्था अव्यावहारिक र कडा भयो: अध्यक्ष उपाध्यायNepal Khabar
- भाइटीकाको अघिल्लो दिन एनपीएलको उल्लास, स्टेडियममा भरिएका छन् समर्थकBizmandu
- Industry seeks LTCG, STT cuts in Budget 2027; MSME relief also on wish listThe Hindu
- Katie Miller quits SpaceX, sells shares as husband Stephen Miller reportedly cleared of White House ethics restrictionsTimes of India
- MRF’s Q2 profit skids 27% as raw material costs squeeze marginsThe Hindu