‘नेपाली डायस्पोराका समस्या समाधान सरकारको प्राथमिकतामा छन्’
Read the full story at Nagarik News

परराष्ट्रमन्त्री शिशिर खनालले तुर्किएलगायत विदेशमा बसोबास तथा कार्यरत नेपाली समुदायका समस्या र सरोकारलाई सम्बोधन गर्नु सरकारको प्राथमिकतामा रहेको बताएका छन्। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा सहभागी हुने क्रममा टर्किएको अन्ताल्यामा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसिसी) तुर्किएका अध्यक्ष विनोद पौडेलसँग भएको भेटवार्ता तथा छलफलका क्रममा परराष्ट्रमन्त्री खनालले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन्।
एनआरएनए एनसिसी तुर्किएका अध्यक्ष पौडेलले परराष्ट्रमन्त्री खनालसमक्ष विभिन्न विषय समेटिएको ज्ञापनपत्र बुझाएका थिए। ज्ञापनपत्र ग्रहण गर्दै परराष्ट्रमन्त्रीले विदेशमा रहेका नेपाली समुदायका समस्या तथा गुनासालाई समयमै सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएको मन्त्री खनालको निजी सचिवालयले जनाएको छ।
उनले नेपाली नागरिकलाई प्रभावकारी र सहज कन्सुलर सेवा उपलब्ध गराउने, उनीहरूका गुनासा समयमै सुनुवाइ गर्ने तथा विदेशमा रहेका नेपालीको सुरक्षा र हित संरक्षणलाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गरे। यसैगरी, कोप–३१ मा नेपाली प्रतिनिधिमण्डलको सहभागिताका क्रममा आवश्यक समन्वय र सहजीकरण गरेकामा इस्लामावाद, कायरोस्थित नेपाली नियोग तथा एनआरएनए एनसिसी तुर्किएको टोलीलाई परराष्ट्रमन्त्री खनालले धन्यवाद व्यक्त गरेका थिए।
More politics
- राष्ट्रसंघका महासचिव गुटेरस र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ताNepal Khabar
- आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम कतिNepal Khabar
- सुरु भयो चार दिन मनाइने छठNepal Khabar
- श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्धNepal Khabar
- नेकपा संयोजक प्रचण्ड रुस प्रस्थान, के छ कार्यक्रमNepal Khabar
- देशभर पश्चिमी वायुको प्रभाव, कस्तो होला ५ दिन मौसमNepal Khabar