Skip to main content
अर्थतन्त्रNepal Khabar4 outlets covering

सुदूरपश्चिमले कर्णालीलाई दियो १७७ रनको विशाल लक्ष्य

Read the full story at Nepal Khabar

सुदूरपश्चिमले कर्णालीलाई दियो १७७ रनको विशाल लक्ष्य

दुवै ओपनरले आक्रामक सुरुवात गरेपछि सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्ससामु जितका लागि १७७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७६ रनको योगफल तयार पारेको हो। ओपनर सैफ जैव र विनोद भण्डारीले ७.३ ओभरमा ६८ रनको साझेदारी गदै सुदूरपश्चिमलाई उत्कृष्ट सुरुवात दिलाएका थिए। २२ बलमा २ चौका र २ छक्का सहयोगमा २७ रन बनाएका ओपनर भण्डारी रन आउट भए।

ब्रान्डोन म्याकमुलेन २४ रन बनाउँदा नन्दन यादवको बलमा क्याच आउट नै भए। कप्तान दीपेन्द्रसिंह ऐरी १० रन बनाउँदा मार्क वाटको बलमा विकेटकिपरको हातबाट आउट भए। १३ बलमा ३ छक्का सहयोगमा २३ रन बनाएका इशान पाण्डे मार्क वाटकै बलमा क्याच आउट भएका थिए। आरिफ शेख ११ रन बनाउँदा क्याच आउट भए भने थरिन्दु रत्नायके २२ र स्कट कुग्लेजिन १३ रनमा अविजित रहे।

कर्णालीका लागि मार्क वाटले दुई विकेट लिए। उनले आफ्नो स्पेलमा २७ रन खर्चे। त्यस्तै नन्दन यादव, हुसैन तलात र सूर्य तामाङले समान एक विकेट आफ्नो नाममा गरे।