Skip to main content
अर्थतन्त्रBizmandu

सुनकोशी-मरिणको ठेक्का रद्द प्रकरण : लेखा समितिको बैठक बोलाउन सांसदले दिए निवेदन

Read the full story at Bizmandu

काठमाडौं। सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का प्रक्रिया रद्द र अनियमितता छानबिनका लागि सार्वजनिक लेखा समितिको बैठक बोलाउन सांसदहरुले माग गरेका छन्। सांसदहरुले बैठक बोलाउन माग गर्दै समितिका सभापति भरतबहादुर खड्कालाई निवेदन दिएका छन्।

एक चौथाइ सांसदले निवेदन दिएमा पाँच दिनभित्र बैठक बोलाउनुपर्ने प्रतिनिधि सभा नियमावलीमा व्यवस्था छ। कांग्रेस सांसद योगेश गौचन थकाली र जनक गिरी निवेदन लिएर सभापति खडकाकहाँ पुगेका थिए। संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले निवेदन दर्ता भएको बताए।

प्रधानमन्त्रीको सचिवालयले सिंचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाललाई प्रहरीमार्फत नियन्त्रणमा लिएर गत शनिबार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ३ को उपदफा (२) लाई आधार बनाइ ठेक्का प्रक्रिया रद्द गर्न लगाएको थियो। राहदानीजस्तै धरपकड गरेर सुनकोशी मरिणको ठेक्का रद्द, प्रधानमन्त्री शाहकै स्वार्थ जोडियो आयोजनाको हेडवर्क्स तथा विद्युतगृह निर्माणका लागि अगाडि बढाइएको खरिद प्रक्रिया अन्तिम चरणमा पुगेका बेला विनाआधार गैरकानूनी रूपमा रद्द गरिएको भन्दै समितिका सदस्यले आपत्ति जनाएका छन्।