Skip to main content
राजनीतिNagarik News

धार्मिक आवरणभित्र अल्झिएको ‘पाँच पाण्डव’ को धरातल

Read the full story at Nagarik News

प्रदर्शनपूर्व नै विवादको घेरामा ताबनिएको चलचित्र ‘पाँच पाण्डव’ अन्ततः शुक्रबारदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आएको छ। आफूलाई धार्मिक अभियन्ता बताउने कतिपय समूहले सनातन धर्मको उपहास गरेको र महाभारतकी पात्र द्रौपदीको छवि धुमिल बनाएको भन्दै सामाजिक सञ्जालमा विरोध जनाएका थिए। सञ्चार मन्त्रालयमै पुगेर प्रदर्शन रोक्न ज्ञापनपत्र बुझाउनेसम्मका कसरत भए। अनेकौं विवाद, दबाब र सामाजिक सञ्जालको बहसलाई छिचोल्दै चलचित्र दर्शकमाझ आएको छ। धार्मिक विवादको खोल ओढाइएको यो चलचित्रभित्र आखिर के छ ?

के चलचित्र साँच्चै विरोध गरिएजस्तै सनातन धर्मविरोधी छ वा प्रचारबाजीका लागि रचिएको कृत्रिम लफडा मात्रै ? आउनुहोस्, चलचित्रको कथावस्तु, अभिनय र प्राविधिक पक्षबारे चर्चा गरौं। कथा कमेडी, मिस्ट्री थ्रिलर र समसामयिक सामाजिक विषयवस्तुको सम्मिश्रण भनिएको ‘पाँच पाण्डव’ को उठान पौराणिक पात्र युधिष्ठिरबाट हुन्छ। स्वर्गलोक छाडेर पाण्डुपुत्र युधिष्ठिर आफ्ना चार भाइ भीम, अर्जुन, नकुल, सहदेव र द्रौपदीलाई खोज्दै कलियुगको धर्तीमा आइपुग्छन्। चलचित्रको औपचारिक कथा यही बिन्दुबाट सुरु हुन्छ।

तर, कथा पौराणिक मात्र छैन। आधुनिक समाजको यथार्थसँग जोडिन्छ। कथाको केन्द्रमा छिन् कविता उर्फ् इभा गिरी। उनी एक क्यासिनो डान्सर हुन्।