भन्सारबाट छुटाइएका २ हजार गाडी हिउँले कोरलामै अड्किए, तातोपानी नाका खुलाउन पुगेन पहल
Read the full story at Bizmandu
काठमाडौं। अटो व्यवसायीले दसैं र तिहारमा ग्राहकलाई डेलिभरी दिन चीनबाट ल्याएका २ हजारभन्दा धेरै गाडी कोरलामा हिउँ पर्दा अलपत्र परेका छन्। चिनियाँ मुद्रा आरएमबीको भाउ बढ्न थालेपछि व्यवसायीले हतारहतार गाडी भन्सार पास गरेकामा कोरलामा एक सातादेखि हिउँ परेका कारण ल्याउन पाएका छैनन्। सबै व्यवसायीले एकैपटक भन्सार पास गर्दा ट्राफिक जाम हुनुका साथै तल ल्याउन चालक नपाएकामा त्यसपछि हिउँ परेका कारण गाडी माथि नै अड्किएका हुन्। भदौ १० गतेको रसुवा बाढीपछि चीनबाट गाडी ल्याउन व्यवसायीलाई कोरला नाकाको विकल्प छैन।
कोरला नाकाबाट हुने आयात पनि असोज ८-११ को वर्षाले कालीगण्डकी करिडोर बिग्रिंदा करिब दुई साता प्रभावित भएको थियो। व्यवसायीले दसैं सुरु भएपछि मात्र गाडी ल्याउन पाएका थिए। दसैंअघि छुटाएका केही गाडी भने हिउँ परेका कारण माथि नै थिए। दसैंपछि छुटाएका २ हजारभन्दा धेरै गाडी अहिले कोरोलामा नै अड्किएको व्यवसायीहरुले बताएका छन्। भन्सार तिरिसकेका गाडी बाटोका कारण ल्याउन नपाउँदा व्यवसायीको लागत बढेको छ।
‘अहिले माथिबाट गाडी ल्याउन मिलेको छैन। हिउँका कारण बाटो बन्द छ। गाडी भन्सार पास भइसकेका कारण हामी व्यर्थमा ब्याज तिर्नुपर्ने बाध्यतामा छौं,’ अटो व्यवसायी गौरव शारडाले भने। उच्च भेगमा पर्ने भएकाले कोरला नाकामा जाडो याममा हिउँ पर्छ।
More business
- Saudi Arabia restricts foreign workers in 97 tourism and administrative job titlesKathmandu Post
- ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवकको घटनास्थलमै मृत्युNepal Khabar
- दूरसञ्चार कम्पनीको संकट टार्न नयाँ व्यवस्था गरिँदै, २० अर्बको नवीकरण बोझ हट्नेNepal Khabar
- लक्ष्मीपूजाकै दिन स्ट्याण्डर्ड चार्टर्ड बैंकको एटीएम बन्दDC Nepal
- Stock markets end marginally lower in special Muhurat trading, snapping seven-day rallyThe Hindu
- इटहरीमा ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्युThaha Khabar