Skip to main content
राजनीतिRatopati

सरकारले प्रधानमन्त्रीको विशेष सल्लाहकार तोक्यो तर, कार्कीले पत्र बुझेनन्

Read the full story at Ratopati

सरकारले प्रधानमन्त्रीको विशेष सल्लाहकार तोक्यो तर, कार्कीले पत्र बुझेनन्

काठमाडौँ । कात्तिक १८ मा बसेको मन्त्रिपरिषद्ले तत्कालीन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको जिम्मेवारी खोस्यो । आईजीपीबाट हटाएर उनलाई नयाँ जिम्मेवारीमा खटाउने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो । ३३ औँ प्रहरी महानिरीक्षक कार्कीलाई सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारीमा खटाउने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध कार्की भोलिपल्टै सर्वोच्च अदालत गए ।

नयाँ आईजीपीमा नियुक्त भएका डा.मनोज केसीले फुली लगाएर प्रहरीको कमान्ड सम्हालेका छन् । तर, विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारीमा खटाइएका कार्कीले नयाँ जिम्मेवारी पाएको पत्र बुझेका छैनन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एक जना उच्च अधिकृतका अनुसार कार्कीले अहिलेसम्म पत्र नबुझेका हुन् । यसबारे प्रतिक्रिया लिन खोज्दा कार्की सम्पर्कमा आउन चाहेनन् । मन्त्रिपरिषद्ले विशेष सुरक्षा सल्लाहकारको नयाँ पद सिर्जना गरेर उनको दरबन्दी सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहने निर्णय गरेको थियो ।

आफूलाई आईजीपीको जिम्मेवारीबाट सरुवा गर्ने निर्णय गैरकानुनी रहेको भन्दै कार्की सर्वोच्च गएका हुन् । उनले दायर गरेको रिटमाथि कार्तिक ३० मा पहिलो सुनुवाइ हुँदैछ । यसअघि चलाइरहेको मोबाइल नम्बर कार्कीले चलाउन छाडेको उनी निकटस्थहरू बताउँछन् ।