सर्प उद्धार ? हामी सक्दैनौं हजुर !
Read the full story at Onlinekhabar (Nepali)

सर्प उद्धारमा अहिले देखिएको सुरक्षा र नैतिक सवाललाई समाधान गर्ने उपाय भनेको उद्धार मात्र होइन, नैतिकतासहितको उद्धार हो, जसले स्वयं उद्धारकर्ता, अन्य मानव र सर्पको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दछ। डिभिजन वन कार्यालय चितवनमा कार्यरत भएको एक वर्षभित्र हामीले सबैभन्दा धेरै प्राप्त गरेको फोन वन्यजन्तुको उद्धारका लागि हो। ठूला जनावरको सन्दर्भमा हामीले तत्काल चितवन राष्ट्रिय निकुञ्ज वा राष्ट्रिय प्रकृति संरक्षण कोष, सौराहासँग समन्वय गरेर परिस्थितिअनुसार उद्धारको काम सम्पन्न गर्छौं र साना तथा कम हानि हुने प्रजातिको उद्धारको कार्य हामीले गर्ने गरेका छौं।
हाम्रो कार्यालयले वन व्यवस्थापन र संरक्षणका अतिरिक्त वार्षिक रूपमा धेरै सङ्ख्यामा वन्यजन्तुको उद्धारको काम पनि गर्ने गर्छ र यिनलाई यथासम्भव प्राकृतिक बासस्थान मिल्दो स्थानमा छाड्छौं। वन्यजन्तुमा धनी चितवन राष्ट्रिय निकुञ्ज भएको जिल्लाको वन कार्यालय हुनुको यो एउटा फाइदा हो। यसले हामीलाई वनक्षेत्रको अलावा यस्तो फरक प्रकारको सेवा गर्ने मौका दिन्छ।
यसले हाम्रा स्टाफको विज्ञता बढाएको र हामीप्रतिको जनताको दृष्टिकोण सकारात्मक बनाउन भूमिका खेलेको हामीले महसुस गरेका छौं। धेरै स्थानबाट वन्यजन्तु देखेर त्यसलाई त्यहाँबाट हटाइदिन वा भगाइदिन (हाम्रो भाषामा वन्यजन्तुको उद्धार) जनप्रतिनिधि, स्थानीय र सुरक्षा निकायको फोन आउँछ।
More politics
- राष्ट्रसंघका महासचिव गुटेरस र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ताNepal Khabar
- आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम कतिNepal Khabar
- सुरु भयो चार दिन मनाइने छठNepal Khabar
- श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्धNepal Khabar
- नेकपा संयोजक प्रचण्ड रुस प्रस्थान, के छ कार्यक्रमNepal Khabar
- देशभर पश्चिमी वायुको प्रभाव, कस्तो होला ५ दिन मौसमNepal Khabar