Skip to main content
राजनीतिBizmandu2 outlets covering

मनोज केसीले साइत नहेरी सम्हाले प्रहरीको नेतृत्व, मनोबल उचो बनाउन भन्दै गृहमन्त्रीले लगाइदिए फूली

Read the full story at Bizmandu

मनोज केसीले साइत नहेरी सम्हाले प्रहरीको नेतृत्व, मनोबल उचो बनाउन भन्दै गृहमन्त्रीले लगाइदिए फूली

काठमाडौं। नेपाल प्रहरीको नयाँ महानिरीक्षक डा. मनोज केसीले बढुवाको निर्णय भएकै दिन दर्ज्यानी चिह्न लगाएका छन्। उनले बुधबार अपराह्न गृह मन्त्रालय पुगेर दर्ज्यानी चिह्न लगाएका हुन्। यसअघिका प्रहरी महानिरिक्षकले साइत हेरेर दर्ज्यानी चिह्न लगाउने गरेका थिए।

नयाँ आइजीपी केसीलाई गृहमन्त्री सुधन गुरुङले दर्ज्यानी चिह्न लगाइदिएका छन्। यसअघि गृहसचिवले दर्ज्यानी चिह्न लगाइदिने चलन थियो। प्रहरीको मनोबल उचो बनाउनका लागि गृहमन्त्रीले दर्ज्यानी चिह्न लगाइदिएको गृह मन्त्रालयले जनाएको छ। एक वर्षअघि बढुवा भएका दानबहादुर कार्कीलाई हटाएर सरकारले बुधबार केसीलाई आइजीपी बनाएको हो। केसी २०५४ चैत १८ गते प्रहरी सेवामा प्रवेश गरेका थिए।

३० वर्षे सेवा अवधिका आधारमा उनले अबको डेढ वर्ष प्रहरीको नेतृत्व सम्हाल्नेछन्। केसीले आफूलाई प्रहरीको नेतृत्व सुम्पिएकामा सरकारलाई धन्यवाद दिंदै नागरिकले प्रहरी देख्दा डर होइन भरोसा गर्ने गरी काम गर्ने बताए। उनले अपराधको डिजिटल रुपान्तरण, साइबर ठगी, अनलाइन ठगी, क्रिप्टो कारोबार, संगठित र अन्तर्देशीय अपराध, भ्रामक सूचना अहिलेको मुख्य चुनौती भएको बताए। The post मनोज केसीले साइत नहेरी सम्हाले प्रहरीको नेतृत्व, मनोबल उचो बनाउन भन्दै गृहमन्त्रीले लगाइदिए फूली appeared first on BIZMANDU .