Skip to main content
राजनीतिNagarik News

भीमफेदी दुर्घटना : छठको चुल्होमा आगो बलेन, गाउँमा शवको प्रतीक्षा

Read the full story at Nagarik News

भीमफेदी दुर्घटना : छठको चुल्होमा आगो बलेन, गाउँमा शवको प्रतीक्षा

सर्लाहीको बरहथवाबाट करिब १५ किलोमिटर दक्षिण–पूर्वमा रहेको सुन्दरपुर गाउँमा छठ पर्वको व्यापक चहलपहल थियो। घरघरमा सरसफाइ भइरहेको थियो। घाट सजाउने, पूजाका सामग्री जुटाउने र महाप्रसाद बनाउने तयारी चलिरहेको थियो। छठको पवित्रताका लागि गाउँका महिलाहरू माटोका चोखा चुल्हो बनाउँदै थिए। तर कसैलाई के थाहा, केही घण्टापछि यही गाउँमा छठको खुसी आँसुको भेलमा परिणत हुनेछ। घर फर्किने प्रतीक्षामा रहेका परिवारका आँगनमा प्रियजनका शव आइपुग्नेछन्।

सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरस्थित निर्मला देवी यादवको घरमा पनि छठको तयारी भइरहेको थियो। काठमाडौंमा तरकारी व्यापार गर्दै आएका छोरा अवधेश यादवलाई आमाले बुधबार बिहानै फोन गरिन्। उनले छठ पर्व मनाउन घर आउन आग्रह गरिन्। आमाको आग्रहपछि अवधेशले आफ्नी आठ महिनाकी गर्भवती श्रीमती पुनम देवी, तीन छोरी र दुई भाइलाई गाउँ फर्किन लागेको विद्युतीय हाइसमा चढाइदिए। गाडीमा गाउँकै अन्य यात्रु र चालकसहित १४ जना सवार थिए। परिवारका सदस्यहरू घरतर्फ लागेपछि अवधेश भने काठमाडौंमै रोकिए।

बिहीबार बिहान करिब ३ बजे अवधेशले आमा निर्मलालाई फोन गरे। गाडीमा ठाउँ नभएकाले आफू आउन नपाएको र बुहारी, नातिनी तथा दुई भाइलाई घर पठाइसकेको जानकारी दिए। बिहान खाना खाने बेलासम्म परिवारका सदस्यहरू घर आइपुग्ने आशामा निर्मला थिइन्। घरमा छठको माहोल थियो।