Skip to main content
राजनीतिNepal Khabar3 outlets covering

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता, कात्तिक ३० मा पेसी

Read the full story at Nepal Khabar

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता, कात्तिक ३० मा पेसी

प्रहरी महानिरीक्षकबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाइएका दानबहादुर कार्कीको रिट सर्वोच्च अदालतले दर्ता गरेको छ। बिहीबार पेश गरेको रिट शुक्रबार दर्ता भएको कार्कीका वारेस आभाष रेग्मीले जानकारी दिए। रिटमाथि सुनुवाइका लागि कात्तिक ३० गते पेसी तोकिएको उनले बताए। कात्तिक २२ देखि २६ गतेसम्म तिहार बिदा रहेको छ।

कात्तिक २७ गते एक दिन मात्रै कार्यालय खुल्छन्। त्यसपछि दुई दिने साप्ताहिक बिदाका कारण कात्तिक २८ र २९ गते सरकारी कार्यालय बन्द रहन्छन्। बुधबार सरकारले कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपी बनाएको छ। आफूलाई गैरकानुनी रुपमा हटाइएको दाबी गर्दै कार्कीले पुनर्बहालीको माग गरेर रिट दिएका हुन्।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, नेपाल प्रहरी प्रधान कार्यालय र प्रहरी महानिरीक्षकमा बढुवा गरिएका मनोज केसीलाई विपक्षी बनाइएको छ। आईजीपीलाई अर्को पदमा नियुक्त गरेको बहानामा हटाउने निर्णय वस्तुनिष्ठ, आधारविहीन र बदनियतपूर्ण रहेको निवेदनमा दाबी गरिएको छ। कार्कीले सरकारको उक्त निर्णय बदर गरी आफूलाई प्रहरी महानिरीक्षक पदमा पूर्ववत् कायम राख्न माग गरेका छन्।