एउटा क्यानले दिलायो बाइक र स्कुटर, म्याक्स टाइगरका विजेताले बुझ्न थाले पुरस्कार
Read the full story at Nepal Khabar

म्याक्स टाइगर इनर्जी ड्रिङ्कको 'दशैँ धमाका २०२६' अभियानमा यस्तै भाग्यशाली बनेका विजेताको हातमा अब पुरस्कार पुग्न थालेको छ। अभियानअन्तर्गत काठमाडौं र विराटनगरमा आयोजित एक्सट्रिम फ्यानजोन कार्यक्रममार्फत चार जना विजेतालाई मोटरसाइकल तथा स्कुटर हस्तान्तरण गरिएको हो। काठमाडौंको सिफलस्थित नेपाल प्रिमियर लिग (एनपीएल) स्क्रिनिङ स्थलमा आयोजित कार्यक्रममा काठमाडौंका सुमन कर्माचार्य र विनोद ढुंगेललाई मोटरसाइकल हस्तान्तरण गरिएको छ।
म्याक्स टाइगरको क्यानको बिर्कोबाट आकर्षक पुरस्कार जित्ने अवसर पाएका दुवै विजेताले अभियानअन्तर्गत जितेको मोटरसाइकल प्राप्त गरेका हुन्। सुमन र विनोद दुवैका लागि सामान्य रूपमा खरिद गरिने इनर्जी ड्रिङ्क यसपटक मोटरसाइकल जित्ने अवसर बनेको छ। यता, विराटनगरको पुरानो गुद्रीमा सञ्चालित एक्सट्रिम फ्यानजोनमा पनि दुई विजेताले आफ्नो पुरस्कार प्राप्त गरेका छन्।
धरानका अनोज कुमार अधिकारीलाई स्कुटर हस्तान्तरण गरिएको छ भने विराटनगरका विनोद पोखरेलले मोटरसाइकल प्राप्त गरेका छन्। यससँगै काठमाडौं र विराटनगरमा गरी तीन वटा मोटरसाइकल र एउटा स्कुटर विजेतालाई हस्तान्तरण गरिएको छ। मोटरसाइकल प्राप्त गरेका सुमनले सामान्य रूपमा खरिद गरेको इनर्जी ड्रिङ्कबाट यति ठूलो पुरस्कार प्राप्त हुने कल्पनासमेत नगरेको बताउँदै पुरस्कार हात पर्दाको खुसी शब्दमा व्यक्त गर्न कठिन भएको प्रतिक्रिया दिएका छन्।
More politics
- दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता, कात्तिक ३० मा पेसीNepal Khabar
- सवारी दुर्घटना: ११ जनाको मृत्यु (नामावली)Nepal Khabar
- ट्रम्पको पार्टीले चुनाव हारेपछि मस्कले डिलिट गरे समर्थनवाला पोस्टNepal Khabar
- ‘३६ को आँकडा’ को टिजरमा आमाविरुद्धको लडाइँNepal Khabar
- क्यानडामा गुञ्जिँदै १९७४ एडीNepal Khabar
- सूर्य नेपालद्वारा जीतपुर सिमरालाई अत्याधुनिक दमकल प्रदानNepal Khabar