Skip to main content
राजनीतिNepal Khabar

दुवै सदनमा बहुमत गुमेपछि ट्रम्पको शक्ति कति बाँकी

Read the full story at Nepal Khabar

दुवै सदनमा बहुमत गुमेपछि ट्रम्पको शक्ति कति बाँकी

अमेरिकामा यही नोभेम्बर ३ तारिख भएको मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको दल रिपब्लिकन पार्टीले कंग्रेस (संसद्) का दुवै सदनमा बहुमत गुमाएको छ। दुवैमा विपक्षी दल डेमोक्र्याटिक पार्टीले बहुमत हासिल गरेको छ। योसँगै राष्ट्रपति ट्रम्पको शक्ति क्षीण बनेको छ। अब उनको बाँकी कार्यकाल २ वर्ष अमेरिकी कंग्रेस विपक्षी डेमोक्र्याटिक पार्टीको नियन्त्रणमा हुनेछ। आफ्ना निर्णय लागु गर्न सक्छन् : ट्रम्पले कार्यकारी आदेश जारी गर्न सक्छन्, आपत्‌काल घोषणा गर्न सक्छन् र सरकारी एजेन्सीहरूलाई निर्देशन दिन सक्छन्।

उनले विदेश नीतिमा पनि अधिकार कायम राख्नेछन्। माफी दिने अधिकार : राष्ट्रपति ट्रम्पसँग अपराधीहरूलाई माफी दिने अधिकार छ। तर ट्रम्पले पद छाड्नुअघि आफ्ना सहयोगीहरूलाई माफी दिए भने यसले राजनीतिक विवाद निम्त्याउन सक्छ। यसअघि जो बाइडेनले पनि यसो गरिसकेका छन्। न्यायाधीश र अधिकारीको नियुक्ति : रिपब्लिकन बहुमत भएको संसद्‌को कार्यकाल अझै दुई महिना छ।

यस अवधिमा ट्रम्पले आफ्नो रोजाइका न्यायाधीश र अधिकारीको नियुक्तिलाई अनुमोदन गर्ने प्रयास गर्न सक्छन्। राष्ट्रपति निर्वाचित भएको २ वर्षपछि मध्यावधि निर्वाचन गर्नुपर्ने प्रावधानअनुसार अमेरिकामा यही नोभेम्बर ३ तारिख मतदान गरिएको थियो। जसमा तल्लो सदन 'हाउस अफ रिप्रेजेन्टेटिभ्स' अर्थात् प्रतिनिधि सभाका सबै ४३५ सिटका लागि निर्वाचन गरियो।