Skip to main content
राजनीतिSetopati

पुर्खाले नदी किनारमा खेती गरे, पहाडमा घर बनाए– हामीले किन उल्टो गर्‍यौं?

Read the full story at Setopati

पुर्खाले नदी किनारमा खेती गरे, पहाडमा घर बनाए– हामीले किन उल्टो गर्‍यौं?

चीन र थाइल्यान्डबाट कस्मेटिक लगायतका सामान ल्याएर बेच्ने उनको व्यवसाय राम्रै चलिरहेको थियो। सामान किन्न विदेश जान्थिन्। घरमै बसेर व्यापार सञ्चालन गर्न सक्थिन्। अहिले दुवैले कस्मेटिक व्यवसाय छाडेका छन्। काठमाडौंको गोकर्णेश्वरस्थित पाखाथोकमा करिब २० रोपनी जमिन भाडामा लिएर हिमगिरी पर्माकल्चर फार्म सुरू गरेका छन्। दस वर्षमा उनीहरूको फार्म ४० रोपनीमा फैलिएको छ। त्यहाँ मौसमी तरकारी, धान, कोदो र मकै फल्छन्।

गाई र कुखुरा पनि पालिएका छन्। खेतीमा फर्किएपछि निमाले माटो र बोटबिरूवालाई मात्र नयाँ ढंगले बुझिनन्, बाल्यकालमा अनौठो लाग्ने पुर्खाको एउटा निर्णयको अर्थ पनि बुझिन्। उनको गाउँ माथि पहाडमा थियो। खेती गर्ने जमिन तल बेसीमा। गाउँलेहरू धान रोप्न बेसी झर्थे। धान पाकेपछि पराल र धानका भारी बोकेर फेरि उकालो चढ्थे। 'त्यति बेला हामी सोच्थ्यौं, यति तल बेसीबाट गाउँमा धानपराल बोकेर लैजानुपर्ने, यहीँ बसे हुन्थ्यो नि,' निमाले भनिन्, 'अहिले सोच्दा ठिक रहेछ।

बेसीमा त बाढी आउने रहेछ, बस्ती बगाउने र डुबाउने रहेछ। फेरि खेतीपाती पनि बेसीमै राम्रो फल्थ्यो। ' अहिले धेरै ठाउँमा मानिसले उल्टो बाटो समातेका छन्। पहाडका पुराना बस्ती छाडेर नदी किनारका समथर जमिनमा घर, सडक र बजार विस्तार भइरहेका छन्। नदी किनारमा पानीको सुविधा हुन्छ। जमिन समथर हुन्छ। खेती, यातायात र संरचना निर्माण सजिलो हुन्छ।