चितवनले टस जित्यो, ब्याटिङमा काठमाडौं, दुबै टोलीमा एक-एक खेलाडी परिवर्तन
Read the full story at Bizmandu
काठमाडौं। चितवन राइनोजले टस जितेर पहिला फिल्डिङ रोजेको छ। नेपाल प्रिमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा चितवनका कप्तान सिकन्दर राजाले टस जितेर काठमाडौंलाई ब्याटिङको निम्ता दिएका हुन्।
काठमाडौंले शहाब आलमको स्थानमा गणेश गौतम लाई स्थान दिएको छ। चितवनले डेभिड मलानको स्थानमा कमिल मिलसारालाई स्थान दिएको छ। अंकतालिकामा काठमाडौं खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा छ।
चितवन समान खेलबाट ५ अंक जोड्दै चौथो स्थानमा छ। काठमाडौंको प्लेइङ ११ करण केसी (कप्तान), भीम सार्की, राशिद खान, साहिल पटेल, गणेश गौतम, सन्तोष यादव, आदिल आलम, जहानदाद खान, विल बोसिस्टो, शेहान अरागिचे र डेभिड वार्नर चितवनको प्लेइङ ११ सिकन्दर राजा(कप्तान), कुशल मल्ल, रवि बोपारा, रिजन ढकाल, कमलसिंह ऐरी, अर्जुन साउद, विवेक कुमार यादव, रञ्जित कुमार, मौसम ढकाल, कमिल मिलसारा, टम टेयलर The post चितवनले टस जित्यो, ब्याटिङमा काठमाडौं, दुबै टोलीमा एक-एक खेलाडी परिवर्तन appeared first on BIZMANDU .
More sports
- पोल्यान्डमा अन्धाधुन्ध गोली चलाउने युवकको उपचारको क्रममा मृत्युNepal Khabar
- तिहारमा जुवातास खेल्दा १०७ जना पक्राउNepal Khabar
- क्रोएसियामा इस्ट नेपाललाई एसएसपी गोल्डकपको उपाधिNepal Khabar
- एनपीएलको व्यस्तताबीच तिहारमा रमाए नेपाली क्रिकेटरDC Nepal
- पाकिस्तानी टीभी प्रस्तोता राबिया अहसानको गोली लागेर मृत्युOnlinekhabar (Nepali)
- Top-four race goes down to the wire as NPL Season 3 nears league-stage conclusionKathmandu Post