पाकिस्तानी टीभी प्रस्तोता राबिया अहसानको गोली लागेर मृत्यु
Read the full story at Onlinekhabar (Nepali)

राबियाका पतिले पेस्तोल मिलाउने क्रममा अचानक गोली चलेको दाबी गरेका छन्। पेस्तोलमा गोली भरिएको छ भन्ने कुरा आफूलाई थाहा नभएको उनको भनाइ छ। २३ कात्तिक, काठमाडौं । पाकिस्तानको रावलपिण्डीमा आइतबार टिभी प्रस्तोता राबिया अहसानको आफ्नै घरमा गोली लागेर मृत्यु भएको छ। उनलाई घाँटीमुनिको भागमा गोली लागेको थियो। राबियाका पतिले पेस्तोल मिलाउने क्रममा अचानक गोली चलेको दाबी गरेका छन्।
पेस्तोलमा गोली भरिएको छ भन्ने कुरा आफूलाई थाहा नभएको उनको भनाइ छ। यद्यपि, राबियाका दाजुभाइको उजुरीका आधारमा प्रहरीले उनका पतिलाई हिरासतमा लिएको छ। प्रहरीले घटनामा प्रयोग भएको बन्दुक पनि बरामद गरेको छ। टिभी प्रस्तोता राबिया अहसानका १३ र ११ वर्षका दुई छोरी छन्। रावलपिण्डीका सिटी प्रहरी अधिकारी हसन सुखेराका अनुसार गोली चल्दा राबियाका दुवै छोरी घरको प्राङ्गणमा आफ्नी मावली हजुरआमासँग बसिरहेका थिए। प्रहरीले घरमा काम गर्ने एक कर्मचारीसँग पनि सोधपुछ गरेको छ।
प्रहरीले सदर बेरुनी प्रहरी चौकीमा हत्याको मुद्दा दर्ता गरेको छ भने पञ्जाब फरेन्सिक साइन्स एजेन्सीको टोलीले घरबाट प्रमाणहरू जुटाइरहेको छ। राबियाको शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाइएको थियो। यस घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ४१ वर्षीया राबिया गुलशनाबाद क्षेत्रमा बस्थिन्। उनी एक निजी टिभी च्यानलमा प्रस्तोता र कार्यक्रम सञ्चालिका थिइन्।
More sports
- पोल्यान्डमा अन्धाधुन्ध गोली चलाउने युवकको उपचारको क्रममा मृत्युNepal Khabar
- जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउDC Nepal
- सेलरोटी प्रतियोगिता कोपिलाले जितिन्Thaha Khabar
- एनपीएलको व्यस्तताबीच तिहारमा रमाए नेपाली क्रिकेटरDC Nepal
- Top-four race goes down to the wire as NPL Season 3 nears league-stage conclusionKathmandu Post
- Painting bleak picture of France, Olympic icon Teddy Riner announces presidential runPolitico Europe