डेभिड मिलरले एनपीएल डेब्युमा अविजित ९३ रन बनाए पनि कर्णाली सुदूरपश्चिमसँग पराजित
Read the full story at Onlinekhabar (Nepali)

सुदूरपश्चिम रोयल्सले दिएको १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले पूरै २० ओभर खेल्दा ७ विकेट गुमाए १३६ रन मात्र बनाउन सक्यो । मिलरले एक छेउबाट सानदार ब्याटिङ गर्दै अविजित ९३ रन बनाएपनि उनले अर्को छेउबाट राम्रो साथ पाएनन् । २० कात्तिक, काठमाडौं । दक्षिण अफ्रिकी आक्रमक ब्याटर डेभिड मिलरले नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबारमा डेब्यु गर्दै सानदार ब्याटिङ गरेपनि अन्य ब्याटरले राम्रो साथ नदिँदा कर्णाली याक्स सुदूरपश्चिम रोयल्ससँग ३९ रनले पराजित भएको छ ।
सुदूरपश्चिम रोयल्सले दिएको १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले पूरै २० ओभर खेल्दा ७ विकेट गुमाए १३६ रन मात्र बनाउन सक्यो । मिलरले एक छेउबाट शानदार ब्याटिङ गर्दै अविजित ९३ रन बनाएपनि उनले अर्को छेउबाट राम्रो साथ पाएनन् । मिलरले उत्कृष्ट ब्याटिङ गर्दै ५५ बल खेल्दै ५ चौका र ७ छक्का मद्दतमा अविजित ९३ रन बनाए । विकेटकिपर दीपक डुम्रेले १२ बल खेल्दै ३ चौका १ छक्का मद्दतमा १८ रन बनाए ।
बाँकी खेलाडीले भने दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङमा सुदूरपश्चिमका लागि स्कट कुगेलेइनले २ तथा हेमन्त धामी, अनिल खरेल, कप्तान दीपेन्द्रसिंह ऐरी, थरिन्दु रत्नायके र अभिनाश बोहराले १-१ विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको थियो ।
More business
- कर्णालीलाई हराउँदै दोस्रो स्थानमा उक्लियो सुदूरपश्चिमNepal Khabar
- तिहारलगत्तै जलविद्युत् आयोजनाको पीपीए खुल्ने, पहिलो चरणमा सरकारी लगानीकाNepal Khabar
- क्याथेले हङकङका कर्मचारीलाई एक महिनाको तलब बराबर बोनस दिनेNepal Khabar
- पर्यटन बोर्डको सीईओका लागि संक्षिप्त सूचीमा परे यी १६ जनाNepal Khabar
- इयूको व्यापार सहुलियत कार्यक्रमको २५ वर्ष, नेपालले कति लाभ उठायो?Setopati
- न्यायाधीश नियुक्तिमा ‘करियर जज’लाई प्राथमिकता दिनुपर्छ : वर्षमान पुनOnlinekhabar (Nepali)