Skip to main content
राजनीतिRatopati

के पूजाको जोडी बन्दैछन् अशोक ?

Read the full story at Ratopati

के पूजाको जोडी बन्दैछन् अशोक ?

काठमाडौँ । नेपाली फिल्म क्षेत्रमा यतिबेला अभिनेत्री पूजा शर्मा र गायक तथा कलाकार अशोक दर्जीको जोडीलाई लिएर गसिफ चल्न थालेको छ । यो गसिफ त्यसै बन्न थालेको भने होइन । यसको पछाडि निर्देशक तथा लेखक शिवम् अधिकारीका पछिल्ला गतिविधिहरू जिम्मेवार छन् ।

डेढ सयभन्दा बढी फिल्म लेखन र केही निर्देशन गरेका अधिकारी अहिले नयाँ फिल्मको तयारीमा जुटेका छन् । तर, चलचित्रको विधा, कथावस्तु र कलाकारबारे उनले मुख खोलेका छैनन् । अचम्मको कुरा त के छ भने, शिवम् पछिल्लो समय फेसबुकमा ‘केही नयाँ गर्दैछु’ भन्दै लगातार पोस्ट गरिरहेका छन्, जसमा उनले बारम्बार कलाकार अशोक दर्जीलाई ट्याग गरिरहेका छन् । यसअघि पनि शिवमकै लेखन रहेको ‘मन बिनाको धन’ बाट अशोकले ठुलो पर्दामा डेब्यु गरेका थिए भने शिवमकै लेखन रहेको ‘पार्वती’ मार्फत अशोक प्रमुख भूमिकामा देखिएका थिए ।

त्यसैले यस पटक पनि शिवमले अशोकलाई नै लिएर नयाँ फिल्म बनाउन लागेको अनुमान सिनेवृत्तमा छ । तर, कथामा ट्विस्ट त्यतिबेला आयो जब शिवमले अभिनेत्री पूजा शर्मासँगको तस्बिर सार्वजनिक गर्दै ‘बाँकी कथा मङ्सिर ५ गतेदेखि’ भन्दै सस्पेन्स क्रिएट गरिदिए । यति मात्र कहाँ हो र, निर्मात्री मिनु शर्माले पनि पूजा शर्मालाई फिल्ममा अनुबन्धित गरेको तस्बिर सार्वजनिक गरिन् ।