इजरायलमा गादी आइजेनकोटसामु ७ चुनौती
Read the full story at Onlinekhabar (Nepali)

७ अक्टोबर २०२३ मा हमासले इजरायलमाथि आक्रमण गरेपछि उनी नेतान्याहुको युद्ध मन्त्रिपरिषद्मा पनि सामेल भएका थिए, तर पछि उनी नेतान्याहुका आलोचक बने। इजरायली सेनाका पूर्वप्रमुख गादी आइजेनकोटले बेन्जामिन नेतान्याहुलाई ठूलो चुनौती दिएका छन्। नेतान्याहु पछिल्लो करिब तीन दशकको अधिकांश समय इजरायलको प्रधानमन्त्री रहेका छन्। इजरायलको १२० सदस्यीय संसद्मा सरकार बनाउन कम्तीमा ६१ सांसदको समर्थन आवश्यक पर्छ। आइजेनकोटको पक्षमा ६ वटा राजनीतिक दलका कुल ६७ सांसदको समर्थन रहेको बताइएको छ।
इजरायलमा नयाँ सरकार गठनको कसरतका बीच अरब राजनीतिक दलहरूले पूर्वसैन्य प्रमुख गादी आइजेनकोटलाई समर्थन गर्ने निर्णय गरेका छन्। राष्ट्रपति इसहाक हर्जोगले पनि उनलाई सरकार गठनका लागि आमन्त्रण गरेका छन्। ७ अक्टोबर २०२३ मा हमासले इजरायलमाथि आक्रमण गरेपछि उनी नेतान्याहुको युद्ध मन्त्रिपरिषद्मा पनि सामेल भएका थिए, तर पछि उनी नेतान्याहुका आलोचक बने। उनी नेसनल युनिटी पार्टीबाट इजरायली संसद्को सदस्य बनेका थिए। पछि पार्टीसँग वैचारिक मतभेद रहेको भन्दै उनले पार्टी परित्याग गरे।
गत वर्ष विपक्षीका प्रमुख नेताहरूबाट अलग भएर उनले आफ्नै मध्यमार्गी पार्टी याशर गठन गरे। ‘याशर’ को अर्थ ‘सिधा’ वा ‘इमानदार’ भन्ने हुन्छ। गाजा युद्धमा आफ्ना छोरा र दुई भतिजा गुमाएका आइजेनकोटले चुनावी अभियानका क्रममा आफ्नो सैन्य र सुरक्षा पृष्ठभूमिमा जोड दिएका थिए।
More politics
- सवारी दुर्घटना: ७ जनाको मृत्यु, २०६ घाइते (मृतकको नामावली)Nepal Khabar
- बंगलादेश फर्किन हसिनाले मागिन् नयाँ पासपोर्टNepal Khabar
- जीप ब्याक गर्दा दुर्घटना, दुई यात्रुको मृत्यु, १३ घाइतेNepal Khabar
- ‘लुसिफर’ को आरोपमाथि प्रधानमन्त्री बालेनको नयाँ लुक्ससहितको व्यंग्यNepal Khabar
- चीनले भन्यो : एनभिडियाका सीईओको विवाहेतर सम्बन्धसँग हाम्रो कुनै साइनो छैनNepal Khabar
- अर्थमन्त्री स्वर्णिम वाग्ले टर्की प्रस्थानNepal Khabar