ब्याटिङका लागि किन चुनौतीपूर्ण बनिरहेको छ टीयू ग्राउन्डको पिच ?
Read the full story at Onlinekhabar (Nepali)

शुक्रबार भएका दुवै खेलमा बनेका कम योगफल र त्यसलाई पछ्याउने क्रममा देखिएको संघर्षले प्रतियोगिताको पिचबारे प्रश्न उठाएको छ। २७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पछिल्ला खेलहरूमा रन बनाउनै मुस्किल भइरहेको देखिन्छ । ब्याटरका लागि पिच चुनौतीपूर्ण देखिँदा बलरले भने त्यसको फाइदा उठाइरहेका छन्। शुक्रबार भएका दुवै खेलमा बनेका कम योगफल र त्यसलाई पछ्याउने क्रममा देखिएको संघर्षले प्रतियोगिताको पिचबारे प्रश्न उठाएको छ।
दिनको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले काठमान्डु गोर्खाजलाई १२६ रनको लक्ष्य दिएको थियो। सुरुवातमै आठ रन जोड्दा चार विकेट गुमाएको सुदूरपश्चिमले कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकको मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनायो। दीपेन्द्रले ६०, थरिन्दु रत्नायकेले अविजित २६ र आरिफ शेखले १६ रन जोडे। जवाफमा काठमान्डुले २० ओभरमा सात विकेट गुमाएर ११८ रन मात्र बनाउन सक्यो। सुदूरपश्चिमले सात रनको जित निकाल्यो।
खेलपछि सुदूरपश्चिमका बलर हेमन्त धामीले बल घुमिरहेको र त्यसले बलरलाई फाइदा पुगिरहेको बताएका थिए। उनका अनुसार विकेट चुनौतीपूर्ण हुँदा ब्याटरलाई रन बनाउन कठिन भइरहेको छ। दिनको दोस्रो खेलमा जनकपुर बोल्ट्सले २० ओभरमा ९ विकेट गुमाएर ८८ रन मात्र बनायो। यो यस सिजन पूरा २० ओभर ब्याटिङ गरेको टोलीले बनाएको सबैभन्दा कम योगफल हो।
More politics
- जिपको पछाडि ठोक्कियो स्कुटर, पोखरामा दुई जनाको मृत्युNepal Khabar
- भारत, चीन र इजरायलका लागि प्रस्तावित राजदूतको अग्रिमो आयो, थप ७ देशबाट आउन बाँकीNepal Khabar
- गृहमन्त्री गुरुङ यूएई प्रस्थानNepal Khabar
- भीमफेदी दुर्घटना: दुई दिनपछि आफन्तले बुझे शवNepal Khabar
- आसाममा बस–ट्रक जुध्दा कम्तीमा २४ जनाको मृत्यु, ११ घाइतेNepal Khabar
- चक्रघट्टाका पीडित परिवारको घाउमा हेटौंडाको मल्हमNepal Khabar