Skip to main content
राजनीतिRatopati

बहराइनमा अमेरिकी राडार ध्वस्त पारेको इरानको दाबी

Read the full story at Ratopati

बहराइनमा अमेरिकी राडार ध्वस्त पारेको इरानको दाबी

इरान । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजीसी) ले बहराइनमा रहेको अमेरिकी प्रारम्भिक चेतावनी राडार प्रणालीलाई लक्षित गरी नष्ट गरेको दाबी गरेको छ । इरानी सरकारी प्रसारकले शुक्रबार सार्वजनिक गरेको विज्ञप्तिमा सिरिकमा रहेको दूरसञ्चार टावरमाथि शत्रुको हवाई आक्रमण भएपछि त्यसको जवाफमा उक्त आक्रमण गरिएको उल्लेख छ । गार्ड्सका अनुसार आइआरजीसीको एयरोस्पेस फोर्सले केही घण्टाअघि बहराइनमा रहेको अमेरिकी राडार प्रणालीमाथि आक्रमण गरेको हो ।

विज्ञप्तिमा यसलाई हर्मुज जलघाँटीमा अमेरिकी पक्षबाट भइरहेका हवाई गतिविधि र तेल तस्करी रोक्न दिइएको चेतावनीका रूपमा व्याख्या गरिएको छ । तर, बहराइनको राजधानी मनामा वा अमेरिकाले उक्त आक्रमणबारे तत्काल कुनै पुष्टि गरेका छैनन् । इरानसँग आठ महिनादेखि जारी युद्धका क्रममा खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडा र उपकरणहरू पटकपटक निशानामा पर्दै आएका छन् । यस क्षेत्रमा अमेरिकी सैन्य गतिविधिको नेतृत्व गरिरहेको अमेरिकी सेन्ट्रल कमान्डले गत महिना गर्मीयामदेखि हर्मुज जलघाँटी हुँदै खाडी मुलुकहरूबाट १५० करोड ब्यारेल तेल निर्यात गर्न सहयोग गरेको जनाएको थियो ।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि युद्ध सुरु भएको थियो । त्यसपछि खाडी मुलुकहरूले इरानको प्रतिशोधको सामना गर्नुपरेको छ ।